बुधबार, जेठ २४, २०८०

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

पोखरा- गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए। उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो।

Everest Bank

उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए। तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरूको बुझाइ थियो।

स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

अहिले भने पोखरा महानगरपालिका-५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ। सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए।

उनले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताए।

Metro Mart
worldlink

बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो। अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ’, बरालले भने। घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रियरूपमा काम भइरहेको जानकारी दिए।

उनका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ। अहिले महानगरले पोखरीमा तारबारको लागि नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको अभियन्ता केसीले बताइन्।

उनका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ। निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको छ।

पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ।  -रासस

प्रकाशित: Mar 29, 2023| 01:05. 00 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'भर्जिन ल्याण्ड' खप्तडमा 'व्यापारी बाबा' रामदेव

आध्यात्मिकसँगै पतञ्‍जलीको व्यापार प्रवर्द्धन र जडिबुटीको खानीको रुपमा रहेको नेपालमा उद्योग स्थापनाको उद्देश्यका साथ पटक-पटक नेपाल आउने गरेका अर्बपति व्यापारी रामदेव यसपटक भर्जिन ल्याण्ड खप्तड...