शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाइने, पीडितलाई भेट्दै प्रधानमन्त्री

मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाइने, पीडितलाई भेट्दै प्रधानमन्त्री

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- मिटरब्याजीलाई कारबाही गर्ने गरी सरकारले कानुन बनाउने भएको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको हो।

triton college

मिटरब्याजको सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने र त्यसका लागि प्रक्रिया सुरु गर्ने सरकारको निर्णय छ। केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगोलसहितको वार्ता टोली गठन भएको हो।

मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो। पीडितका प्रतिनिधिहरूले आफूहरूलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै उनीहरुसँग भेट्ने भएका छन्।

प्रकाशित: Mar 28, 2023| 16:45 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्