सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु, छोरा गम्भीर घाइते

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु, छोरा गम्भीर घाइते

 |  मंगलबार, चैत १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

vianetvianet

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ।

triton college

मं‌गलबार बिहान पौने ११ बजेतिर ललितपुरको महांकाल गाउँपालिका १ बुखेल रातोपहिरो भन्ने ठाउँको भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको हो। 

उक्त सडक हुँदै बुखेलबाट गोटीखेल जाँदै गरेको बा३९प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा बुखेलकै विष्णुप्रसाद फुयाल र पछाडि सवार उनकै श्रीमती ३४ वर्षीय सिर्जना फुयाल रहेका छन्। दुर्घटनामा उनीहरूका ५ वर्षका छोरा गम्भीर घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। 

अनिन्त्रित मोटरसाइकल सडकबाट ४ सय मिटर तल खसेको बताइएको छ। 

प्रकाशित: Mar 28, 2023| 16:39 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्