शुक्रबार, वैशाख ७, २०८१

आजको मौसम: पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रतिकूल देखिएको छ। 

triton college

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि देशका पहाडी भू-भागमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 28, 2023| 08:03 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्