बिहीबार, जेठ १८, २०८०

पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

Everest Bank
National life insurance
Metro Mart

काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Mar 25, 2023| 07:14. 00 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'इतिहास रच्‍न' भारत गएका प्रधानमन्त्री प्रचण्डले के हात पारे?

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बंगलादेशसँग विद्युत व्यापारको मार्गका लागि ठोस सहमति हुने, पञ्‍चेश्वर परियोजनाका विषयमा टुंगो लगाउने र सीमा विवादका विषयहरु सम्बोधन गर्ने...