बुधबार, कात्तिक १९, २०८२

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

मंगलबारे- चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ। खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ। मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ।

Kumaribank

इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन्। जलवायु अनुकूलन गाउँ बनाउने किसानको प्रयासमा नोरेक नर्वेको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले कृषकलाई सहयोग गर्दै आएको छ।

विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताए। गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उनको भनाइ छ। किसानको उत्साहमा यहाँ सञ्चालित जलवायु अनुकूलन गाउँ उन्मुख योजनाले थप सहयोग गरेको छ। किसानलाई विभिन्न कृषि सामग्री अनुदान र कृषि सहकारीका सदस्यलाई गोठ सुधार र प्राङ्गारिक मल बनाउन सहयोग पुगेको संस्थाको दाबी छ। 

जलवायु अनुकूलित खेती प्रणाली प्रवद्र्धन गर्न तालिम र नवीकणीय ऊर्जा, प्रवद्र्धन गरिएको छ। गाइखुरे सहकारी संस्थाका सदस्यलाई सिँचाइका लागि स्प्रिङकल, गोठ सुधारका लागि चाहिने सामाग्री, टनेल खेतीमा चाहिने प्लाष्टिक र नेट वितरण गरिएको छ। प्लाष्टिक पोखरी निर्माण र टनेलमा तरकारी खेतीमा किसान अग्रसर भएका छन्। 

प्रकाशित: Mar 25, 2023| 06:32 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्