शुक्रबार, वैशाख ७, २०८१

बस र मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु, दुई घाइते

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

बुटवल- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। 

triton college

बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नंको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु१क ५३५ नंको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु१७प ३७६२ र लु६प ६०२ नंका मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा लु७२प ७३९२ नंको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–४ का २० वर्षीय युवक आविष्कार टण्डनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै लु१७प ३७६२ नंको मोटरसाइकलका चालक तिलोत्तमा–७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडि सवार ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन्। घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित: Mar 24, 2023| 14:58 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्