बिहीबार, जेठ १८, २०८०

चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रेडियो नेपालकी चर्चित समाचार वाचिका ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। ८६ वर्षीया ताम्राकारको बिहीबार राति न्युरो अस्पतालमा निधन भएको रेडियो नेपालले जनाएको छ। 

Everest Bank

रेडियो नेपालकी चर्चित समाचार वाचिका ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।

उनी निमोनिया भएपछि केही दिनअघि अस्पताल भर्ना भएकी थिइन्।

ताम्राकारले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी हुन्। उनले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गरेकी थिइन्।

उनले करिब ६० वर्ष रेडियोमा काम गरेकी थिइन्। तर रेडियो नेपालबाट भने उनी २०४९ सालमा अवकाश लिएकी थिइन्। त्यसपछि पनि उनी सञ्चारकर्ममै सक्रिय थिइन्।

National life insurance
Metro Mart

ताम्राकारको निधनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दु:खी छु। हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना,’ ओलीले भनेका छन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ताम्राकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। ‘विशेषगरी समाचार बाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज- यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना,’ खड्काले ट्वीट गरेका छन्।

प्रकाशित: Mar 24, 2023| 06:11. 00 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्