सोमबार, जेठ १५, २०८०

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ।

Everest Bank

त्यस अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मंगलबार विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो। परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ घोडेजात्रा मनाउने गरिँदै आएको छ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ। पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो।

National life insurance
Metro Mart

वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौंका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ–जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ। सो अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायतको सहभागिता हुनेछ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ।

घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। 

प्रकाशित: Mar 21, 2023| 07:00. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कहाली लाग्दा भीरमा महको सिकार

कहाली लाग्दा भीर। खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा। लावालस्कर झुण्डिएका मौरीका गोला। बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै...