सोमबार, जेठ १५, २०८०

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा  मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

 काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा  मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

Everest Bank

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशको पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।  
 

प्रकाशित: Mar 21, 2023| 06:43. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कहाली लाग्दा भीरमा महको सिकार

कहाली लाग्दा भीर। खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा। लावालस्कर झुण्डिएका मौरीका गोला। बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै...