शनिबार, असार २१, २०८२

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको ज्यान गयो

 |  सोमबार, चैत ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

vianetvianet

बर्दिया- बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ। मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। 

मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ।
 

प्रकाशित: Mar 20, 2023| 17:02 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्