मंगलबार, असार १७, २०८२

वीरगन्जबाट लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले वीरगन्जको छुट्टाछुट्टै स्थानबाट लागूऔषध तथा गाँजासहित दुईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।
 |  सोमबार, चैत ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

vianetvianet

पर्सा- प्रहरीले वीरगन्जको छुट्टाछुट्टै स्थानबाट लागूऔषध तथा गाँजासहित दुईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।

शनिबार राति साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा वी म न पा १ ह १–०११८ नम्बरको ई–रिक्सा शंकास्पद रुपमा भारत रक्सौलबाट वीरगन्ज तर्फ आउदै गरेकोमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त ई रिक्सा चालक वीरगन्ज–१५ भिष्वा निवासी २० वर्षीय बलजित यादवले रिक्साको सिटमुनि लुकाई ल्याएको लागूऔषध बरामद भएको थियो ।

उक्त इरिक्साबाट प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएल लेखिएको ५ कार्टुनमा १ सय ७८ बोतल सिरप फेला परेको थियो। बरामद भएको लागु औषध, ई–रिक्सा र ई–रिक्सा चालक यादव समेतलाई बरामद तथा नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

त्यसैगरी, शनिबार साझ ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउस्थित धर्मकााटा अगाडी पार्किङ गरी राखेको बिआर ०७ जिए ९६९१ भारतीय नम्बरको मिनि ट्रकबाट लागूऔषध गाजा बरामद भएको छ।

उक्त ट्रकमा गाँजा लुकाई छिपाई राखिएको विशेष सूचनाको आधारमा प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा प्रहरी टोली खटीइ गई उक्त ट्रकको चेकजाँच गर्दा ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउ बनाई लुकाइ छिपाइ राखिएको १ सय ४९ किलो गाजा फेला परेको थियो।

ट्रक चालक भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला पोष्ट सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नम्बर ११ का २७ वर्षीय ओम प्रकाश सिंह लाई पक्राउ गरिएको छ। उनलाई आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि दीपक गिरीले जानकारी दिए।

प्रकाशित: Mar 20, 2023| 12:52 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्