बिहीबार, वैशाख १३, २०८१

लागूऔषधसहित भारतीय नागरिक पक्राउ 

लागूऔषधसहित प्रहरीले सर्लाहीबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

triton college
corrent noodles
Metro Mart

सर्लाही- लागूऔषधसहित प्रहरीले सर्लाहीबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विष्णु गाउँपालिका-५ फेन्हराबाट लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित भारत सितामढी सुपी थाना मोहनी मंडल पोष्ट मोहनी मंडल ग्राम-५ बस्ने २७ वर्षीय इन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Mar 20, 2023| 11:38 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्