शनिबार, साउन १२, २०८१

अत्तरियाको पहाड रोडमा रोकिएका दुई ट्रकमा आगलागी

कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

triton college
Metro Mart
vianet

धनगढी- कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन्।

आगलागीबाट म१ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 

आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। उनले घटनाको बारेमा अनुसन्धान गरीरहेको बताएका छन्।

प्रकाशित: Mar 20, 2023| 09:22 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्