सोमबार, जेठ १५, २०८०
  • गृहपृष्ठ
  • समाचार
  • शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत विजयी

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत विजयी

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। बस्नेतले नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन्। 

Everest Bank

अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए। यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो।

 नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन्। ३१०३ मत खसेकोमा समानुपातिकतर्फ शंंकरदेवमा नेविसंघले १३०५ मत पाएको छ।

यस्तै अनेरास्ववियूले ४२५, स्वतन्त्र समूहले ६३५, अनेरास्ववियु (नेकपा एमाले)ले ३०६, नेविसंघ बिपीले २१८, अखिल क्रान्तिकारीले १५५ र राप्रविसंघले ५९ मत पाएको छ।

प्रकाशित: Mar 20, 2023| 09:16. 00 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कहाली लाग्दा भीरमा महको सिकार

कहाली लाग्दा भीर। खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा। लावालस्कर झुण्डिएका मौरीका गोला। बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै...