बुधबार, चैत ८, २०७९
  • गृहपृष्ठ
  • समाचार
  • दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एस निकट अनेरास्ववियुका उम्मेदवार विजयी

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एस निकट अनेरास्ववियुका उम्मेदवार विजयी

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life insurance
worldlink

दाङ- दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन्। गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन्। यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए।
सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन्। कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन्। कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

प्रकाशित: Mar 19, 2023| 08:31. 00 आइतबार, चैत ५, २०७९

थप समाचार

आज राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

नाडेप लघुवित्तको साधारण सभा आज

नाडेप लाघुवित्त वित्तीय संस्थाको वार्षिकसाधारण सभा आज बस्दैछ।

लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

हिम्पातले सेताम्य बन्यो खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रि निकुञ्ज क्षेत्रमा हिमपात भएको छ। केही दिनदेखिको वर्षासँगै खप्तड क्षेत्रमा हिमपात भएको हो।

सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।