इलाम- इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ।
इलाम नगरपालिका-१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो।
यता धनकुटाको धनकुटा नगरपालिका-९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।