हिजो बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल आज दिनभर भेटघाट र घुमघाममा व्यस्त रहे। बिहान सभामुखलाई भेटेर दिन सुरु गरेका पौडेल धार्मिक स्थलतिर लागेका थिए। सुरुमा उनले गुहेश्वरी मन्दिर दर्शन गरे। त्यसपछि उनले पशुपतिनाथ दर्शन गरेका थिए।
नवनिर्वाचित राष्ट्रपति पौडेल आजै १ सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए। सुन्दरीजलमा उनले बीपीको शालिकमा माल्यार्पण गरेर र संग्रहालय अवलोकन गरेका थिए।