मंगलबार, जेठ ८, २०८१

नेपालमा इ-कमर्सको उच्च सम्भावना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आफ्टर एक्सेस सर्वेक्षणले नेपालमा हालसम्म उपलब्ध हुन नसकेको मोबाइल तथा इन्टरनेटको पहुँच तथा प्रयोग अन्य देशको तुलनामा धेरै भएको देखाएको छ। 

सर्वेक्षण प्रतिवेदनले नेपाल छिमेकी मुलुकको तुलनामा मोबाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको देखाएको हो। क्षेत्रीय आइसिटी नीतिको भण्डारण लर्न एसियाद्वारा हालै अध्ययनका अनुसार १५ देखि ६५ उमेर समूहका बहत्तर प्रतिशत अर्थात ९७ हजार दुई सय ५० नेपाली जनतासँग मोवाइल फोन रहेको पाइएको छ।

यो प्रतिशत यस प्रतिवेदनमा समावेश गरिएका एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाको भन्दा उच्च देखिएको हो। लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रिय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपायाले नेपालमा इकमर्श विकासको ठुलो संभावना रहेको र चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इकमर्श वृद्धिका लागि सँगसँगै अघि बढ्नु पर्ने बताईन्।  

मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सूचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व नगर्ने र यो सरकार र अन्य निर्णयकर्तालाई प्राप्त नहुने तथ्याङ्क भएको मुख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले बताए। 

आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रिय आइसिटि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्न एसियाले काठमाण्डौमा अक्टोबर ४, २०१८ मा लोकार्पण अर्थात सार्वजनिकरण गरेको थियो। लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल  र सेन्टर फर ल एण्ड टेक्नोलोजीले संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेका थिए।

दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइएसओसि नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा,लर्न एसियाका प्रमुख कार्यकारी निर्देशक हेलानी गलपया सहभागी थिए। 

सेन्टर फर ल एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक बाबुराम अर्यालले भविष्यका नीति निर्माणकर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सूचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्ने बताए।  

नेपालमा सात प्रदेशका एक सय वडाहरुका दुई हजार घरपरिवार तथा व्यक्तिहरु सम्म पुगेर यो सर्वेक्षण गरिएको अर्याल बताउँछन्। यस तथ्याङ्कमा ३८ हजार घरपरिवार तथा व्यक्तिसँग प्रत्यक्ष अन्तरवार्ता गरी  संकलित सूचनाहरु समाबेस गरिएको थियो। 

सर्वेक्षणले समाजिक सञ्जालमा संप्रेषित समाचारको सम्बन्धमा अध्ययन गर्दा नेपालमा १५ देखि ६५ उमेर समुहका ५८५ मोवाइल प्रयोगकर्ताहरुले यस्ता समाचारको पूर्णविश्वास गर्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...