सोमबार, असोज ४, २०७८

'गन'ले अन्याय, 'गन'ले न्याय-११

दुई सैनिक फसाउने अनुसन्धानका दोषी को? सेनाभित्र क-कसलाई होला कारबाही?


अनिल यादव
अनिल यादव | काठमाडौं, आइतबार, भदौ १३, २०७८

काठमाडौं-

१००७९२। यो त्यही सर्ट मेसिन गन (एसएमजी)को बडी नम्बर हो, जसलाई साढे दुई वर्षअघि चितवनस्थित कालीबहादुर गणमा कार्यरत रहँदा चोरी गरेको अभियोगमा अमल्दार लबकुमार तामाङ र सिपाही सरोज तामाङ अहिलेसम्म जेल सजाय काटिरहेका छन्। अनि, यही अभियोगमा जोडिएका सिपाही सुबी गुरुङ भने तीन महिना कैद सजाय भुक्तान गरी  सेवाबाट हटाइएका छन्। 

यही गनको बडी नम्बर साउन ७ गते चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ। र, यो रहस्य त्यतिबेला खुल्यो, जब भरतको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले यो गनसहित उन (भरत)कै सहकर्मी नेपाली सेनाका सिपाही गंगाधर ढकाललाई पक्राउ गर्‍यो। 

गंगाधरले चितवन प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय चितवनदेखि चितवन जिल्ला अदालतसम्म आफूले त्यो गन २०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरेको बयान दिइसकेका छन्। जिल्ला अदालतले सैनिक अदालतमा यो मुद्दा पठाएपछि यतिबेला समरी जनरल सैनिक अदालतमा यो मुद्दामाथि कोर्ट मार्सल चलिरहेको छ। सैनिक उच्च श्रोतका अनुसार सम्भवतः सोमबारसम्ममा यसको फैसला आइसक्छ। 

हाल जिल्ला कारागार चितवनमा रहेका सैनिकद्वय लवकुमार र सरोजलाई ०७५ चैत २५ गते कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले कैद सजाय सुनाएको थियो। त्यतिबेला समरी जनरल सैनिक अदालतले सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) लाई 'कोट' गरी दोषी ठहर गर्दै लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष कैद सजाय हुने फैसला सुनाइएको थियो।

रोचक त के छ भने दुई वर्षअघि जुन गन चोरीको मुद्दामा समरी जनरल सैनिक अदालतले लबकुमार र सरोजलाई दोषी ठहर गरी कैद सजाय हुने फैसला गरेको थियो, यतिबेला त्यही गन चोरेको अभियोगमा नेपाली सेनाको प्राड विवाकअन्तर्गत रहेको अभियोजन शाखाले गंगाधर ढकालविरुद्ध मुद्दा दर्ता गरेको छ। 

000

लबकुमार र सरोजले २८ महिनाअघि चढाएको पुनरावेदन निवेदनमाथि सैनिक विशेष अदालतमा बिहीबार बहस भएको थियो। पाटन उच्च अदालतका न्यायाधीशसमेत रहेका सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको तीन सदस्यीय इजलास गठन भएको थियो। इजलासमा गंगाधरमाथि लगाइएको चार्ज सिट र लबकुमारका भाइ र जेठी सासूले पाएको सफाइको फाइल झिकाउन सैनिक विशेष अदालतको उक्त इजालसले बिहीबार आदेश दिएको थियो। 

रोचक त के छ भने दुई वर्षअघि जुन गन चोरीको मुद्दामा समरी जनरल सैनिक अदालतले लबकुमार र सरोजलाई दोषी ठहर गरी कैद सजाय हुने फैसला गरेको थियो, यतिबेला त्यही गन चोरेको अभियोगमा नेपाली सेनाको प्राड विवाकअन्तर्गत रहेको अभियोजन शाखाले गंगाधर ढकालविरुद्ध मुद्दा दर्ता गरेको छ। 

यो आदेशपछि सैनिकवृत्तमा यतिखेर सेनाले आफ्नो पुरानो गल्ती सच्याउँदै लबकुमार र सरोजलाई न्याय दिने बाटोतर्फ लागेको टिप्पणी भइरहेको छ। उता, हतियार प्रकरणमा शंकाको भरमा फितलो छानबिन र अनुसन्धान गर्ने सैनिक अधिकारीहरू र त्यसैलाई आधार मानी फैसला गर्ने 'न्यायाधीश'हरू तनावमा रहेको सैनिक स्रोत बताउँछ। यो सँगै अर्को प्रश्न पनि उठेको छ- 'शंकाको भरमा उनीहरूलाई दोषी ठहर गरी जेलसम्म पुर्‍याउने सेनाका अधिकारीहरूलाई के कारबाही होला?' 'त्यत्तिकै छाडिन्छ या कारबाहीको दायरामा ल्याइएला?'

000

चितवन जिल्ला कारागारमा रहेका सरोजले नेपाल समयसँग भनेका थिए, 'मैले र लबले भोगेको यातनाको त यो जुनीमा के, ५० जुनीमा पनि हिसाब–भर्पाई हुन सक्दैन।'

'गन'ले अन्याय, 'गन'ले न्यायको ११औं शृंखलासम्म आइपुग्दा आज हामी नेपाली सेनाका ती अफिसरहरुको चर्चा गर्दैछौँ, जसका कारण लबकुमार र सरोज साढे दुई वर्षदेखि जेल सजाय भोग्न बाध्य छन्। 

सरोजले हामीसँग दोस्रो शृंखलामै भनिसकेका छन्, 'हामीहरूलाई चरम यातना दिएर गन चोरेको कबुल गर्न बाध्य पारियो।' त्यतिबेला उनीहरूलाई कस्तो बयान कबुल गर्न लगाइयो? अदालतको मिसिल अध्ययनपछि त्यसबारे पनि यो शृंखलामा चर्चा गर्दैछौं। 

छानबिन टोलीमा को–को थिए?

०७५ पुस ०४ गते कालीबहादुर गणमा एसएमजी हराएको थाहा भएपछि सैनिक मुख्यालयले १७ पुसमा  ७ नम्बर बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी राजेन्द्रमणि गिरीको अध्यक्षतामा तीन सदस्यीय 'कोर्ट अफ इन्क्वायरी' गठन गरेको थियो, जसको सदस्यमा तत्कालीन प्रमुख सेनानी हरिशरण अधिकारी र तत्कालीन मेजर प्रेम गिरी थिए। 

छानबिन टोली फिल्डमा पुग्न दुई साताअघि नै लबकुमार, सरोजलगायत दुई दर्जन सिपाहीमाथि 'निगरानी' भन्दै सैनिक हिरासतमा राखेर यातना सुरु भइसकेको थियो। पिट्दै केरकार थालिएको थियो। चोरीको खास 'टार्गेट'मा थिए, लबकुमार। पुस ४ गतेदेखि नै उनी डेरा जान पाएका थिएनन्। ६ गते मात्र डेरा जान दिइएको थियो, त्यो पनि सेनाको टोलीसहिन हतियारको खानतलासी गर्नका लागि मात्र। 

लबकुमारकी श्रीमती प्रमिलाका अनुसार त्यसपछि एकैचोटी पुस १९ गते मात्र उनी डेरामा आएका थिए। त्यतिबेला निकै डराएको अवस्थामा रहेका उनलाई गन चोरी अभियोगमा आफूहरुलाई यातना दिइरहेकोबारे अलिकति प्रमिलालाई खुलाएका थिए। 


त्यसपछि पुस २० गते बिहानै हाजिर हुन ब्यारेक गएका लबकुमार डेरा फर्किएका छैनन्। प्रमिलासँग पनि एकैचोटि चितवन जिल्ला कारागारमा मात्र भेट भयो, जब लबकुमार, सरोज र सिबु हतियार चोरेको अभियोगमा दोषी ठहर हुँदै कैद सजाय भुक्तान गर्न त्यहाँ पुगेका थिए। 

लबकुमार र सरोजको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता सोमनाथ ढुंगानाका अनुसार गणका तत्कालीन नेतृत्व र अफिसरले आफू बच्नका लागि 'कोर्ट अफ इन्क्वायरी'लाई नै गुमराहमा राखेको थियो। 'छानबिन टोलीले तथ्य खोजेन, प्रमाण खोजेन तर माथिल्लो तहका अफिसरले जस्तोजस्तो रिपोर्टिङ गरे, त्यसकै आधारमा छानबिन गर्‍यो र त्यही अनुसार निष्कर्ष निकाल्यो,' अधिवक्ता ढुंगाना बताउँछन्। 

000

लबकुमारकी श्रीमती प्रमिलाका अनुसार उनका श्रीमान् शान्ति मिसनबाट फर्किएपछि तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठले पार्टी गर्न भनेका थिए। तर लबले पार्टी दिएनन्। 'हतियार हराएपछि त्यही रिसिइबी साँध्न पनि मेरो श्रीमानलाई उनले बढी टार्गेट गर्दै यातना दिएछन्,' उनले सुनाएकी छन्। 

कारागारमा रहेका लबकुमारले प्रमिला (श्रीमती)लाई बताएअनुसार उनीहरूलाई त्यतिबेला फसाउनमा क्याप्टेन विज्ञान विष्ट, सहायक रथी सहदेव खड्कादेखि कोर्ट अफ इन्क्वायरीका प्रमुख राजेन्द्रमणि गिरीसम्मको हात छ। 'त्यतिबेला सिंहनाथ गणको कमान्डोहरू बोलाएर उहाँलाई कुटाइन्थ्यो रे,' लबकुमारको भनाई उद्धृत गर्दै प्रमिलाले भनिन्। 

कहाँ-कहाँ चुक्यो अनुसन्धान? 

लबकुमार र सरोजको मुद्दा लडिरहेका अर्का अधिवक्ता अरुण पौड्यालका अनुसार त्यतिबेला गणको नेतृत्व हतियार हराएको ठाउँलाई सिल गरेर त्यसको अनुसन्धान गर्नतिर लाग्नुको सट्टा आफू बच्नका लागि लबकुमार र सरोजलाई फसाउनतिर लागेको देखिन्छ। त्यतिबेला गणका प्रमुख थिए, सेनानी सरोज अधिकारी। 

कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनअनुसार त्यतिबेला गणका तत्कालीन सहायक कोते प्युठ सूर्यबहादुर गुरुङले मंसिर २८ गते सम्पूर्ण हतियार एकिन गरेको, प्रबन्ध अधिकृत सहसेनानी नवीन श्रेष्ठले पुस १ गते हतियर यकिन गरेको र २ गते पुनः सूर्यबहादुरले मोटामोटी रूपमा सबै हतियार यकिन गरेको भन्ने देखिन्छ।

यसबाट उक्त गणमा त्यतिबेला हतियार दिनदिनै यकिन गर्ने गरिएको थिएन भन्ने प्रष्ट हुन्छ। 'हतियार २, ३, वा ४ गते कहिले हराएको थियो भन्ने सवालको जवाफ अदालतको मिसिलमा संलग्न सबुत प्रमाणले यकिन गरि खुल्न आएको छैन,' अधिवक्ता ढुंगाना भन्छन्, 'हतियार हराएको तथ्य नै थाहा नभएपछि सो हतियार को कसले कसरी गायब गरे भन्ने तथ्य खुल्न सम्भव थिएन।'

पुस ४ मा मात्र हराएको थाहा भएको थियो। कोते प्युठ भीमबहादुर गुरुङले छानबिन समितिसँग दिएको बयानमा हतियार ३ गते अगाडि नै 'मिसप्लेस' भएको देखिन्छ। 'तर, छानबिन समितिले ३ गते सेक्सन क्वाटर गार्डमा ड्युटी बस्नेबाट नै हतियारको चोरीमा भूमिका खेलेको भन्ने अनुमान, आशंका र मनोगत भावनाले प्रेरित भई अनुसन्धान गरेको देखिन्छ,' अधिवक्ता ढुंगाना भन्छन्, 'फौजदारी विधिशास्त्रको मूल मर्म नै शंकाको भरमा कसैलाई दोषी करार गर्न मिल्दैन भन्ने हो। तर, लबकुमार र सरोजको हकमा त्यस्तै भयो।'

सरोज फर्किएर ड्युटी बसे। सुबी मादक पदार्थको सेवन गरेकाले सक्ने अवस्थामा थिएनन्, त्यसैले कोठा गएर सुते। यसैलाई आधार बनाएर छानबिन टोलीले त्यसदिन सरोज एक्लै ड्युटीमा बस्नु र सुबी कोठामा सुत्नु हतियार चोर्ने योजनाअनुरुप नै भएको ठहर गर्‍यो।  

हतियारको छानबिन गर्न गएको टोलीले पुस ३ गते साँझ क-कसले के-कसरी ड्युटी गरे र को–कसरी ड्युटीमा गएनन् र ड्युटीमा को–कसले मादक पदार्थ सेवन गरे भन्ने कुरालाई मात्रै हतियार हराएको प्रमाणको रुपमा लिँदा र अदालतले पनि त्यसैलाई पत्याइदिँदा आज लबकुमार र सरोज जेल सजाय काट्न दुई निर्दोष सैनिक  बाध्य भएको देखिन्छ। 

पुस ३ गतेको राति ९ बजेदेखि ११ बजेसम्म क्वाटर गार्डको ड्युटीमा सिपाहीद्वय सुबी गुरुङ र चन्द्र गुरुङको पालो थियो। तर, सुबी सरोजसँग दोहोरी साँझ गएका कारण उनको सट्टामा अमल्दार लबकुमारले छोङ गुरुङलाई राखिदिएका थिए। जबकी छोङको ड्युटी बिहान ३ बजेदेखि ६ बजेसम्म रहेको थियो।  त्यसकारण बिहान ३ बजेको ड्युटीमा सरोज र सुबी बस्नुपर्ने थियो। तर, दुवै दोहोरी साँझमा थिए। सरोज फर्किएर ड्युटी बसे। सुबी मादक पदार्थको सेवन गरेकाले सक्ने अवस्थामा थिएनन्, त्यसैले कोठा गएर सुते। यसैलाई आधार बनाएर छानबिन टोलीले त्यसदिन सरोज एक्लै ड्युटीमा बस्नु र सुबी कोठामा सुत्नु हतियार चोर्ने योजनाअनुरुप नै भएको ठहर गर्‍यो।  


कोर्ट अफ इन्क्वायरीले लबकुमार र सरोजलाई दोषी देखाउन लगाएको अर्को आरोप के छ भने दोहोरी साँझबाट फर्किएपछि बिहान ३ बजे ड्युटीमा रहेका सरोजलाई हतियार बुझाउन ५:१५ बजेतिर सिपाही मिनबहादुर गुरुङ आएका थिए। 

त्यसपछि लबकुमार र सरोजलाई फसाउन छानबिन टोलीले बनाएको कथा यस्तो छः 

'त्यसपछि सरोजले गुरुङलाई ड्युटीमा राखेर आफू ड्युटी अधिकृतको स्थानमा गएर 'की बक्स'को चाबी लिए। त्यसपछि सरोज र लबकुमारले हतियार झिक्नुपर्छ भनी सल्लाह गरे। बाहिर मान्छे हेर्ने जिम्मा लबकुमारले लिए। सरोजले उक्त गणको 'ख' गुल्मको कोतको चाबी खोलेर एक नाल एसएमजी म्यूनेटसहित (म्यागजिन बाहेक) निकालेर लबकुमारलाई दिए। त्यसपछि लबकुमारले उक्त हतियार क्वाटर गार्ड पछाडि तारवार मुनि पत्करले छापेर राखे। दिनभर हतियार त्यही रह्यो। साँझ साढे ८ बजेको समयमा कसैले नदेख्ने गरी क्वाटर गार्ड पछाडिको बाटो हुँदै ट्वाइलेटनिरको पर्खाल नाघी बोराले बेरी आफ्नो कोठामा गई उक्त हतियार खाटमुनि कार्पेटले छोपेर राखेर भोलिपल्ट बिहान ब्यारेक फर्किए।'

अधिवक्ता ढुंगानाका अनुसार कोर्ट अफ इन्क्वायरीले रचेको यो कथाको कुनै पनि प्रमाण थिएन, सिवाय उनीहरुलाई चरम यातना दिएर कबुल गर्न लगाइएको बयान। 'सरोज र लबकुमारबीच सल्लाह भएको, हतियार झिकेर अमल्दार लबकुमार गुरुङलाई दिएको, हतियार झिकेर लबकुमारले कोठामा लगेको लगायत कुनै पनि कुराको प्रमाण थिएन,' अधिवक्ता ढुंगाना भन्छन्, 'तर, उनीहरुलाई डर, त्रास र यातना दिएर दिन बाध्य पारिएको साविती बयानलाईलाई आधार बनाएरसमरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी करार गरिदियो।'

अभियोग लगाउने को?

शंकाको भरमै 'कोट अफ इन्क्वाइरी'ले गरेको फितलो अनुसन्धानलाई लाहाछाप लगाउने काम नेपाली सेनाकै प्राड. विवाकअन्तर्गत रहेको तत्कालीन अभियोजन शाखा (हाल महाशाखा)ले नै गर्‍यो। सेनाभित्रका मुद्दामा छानविन भइसकेपछि अदालतमा मुद्दा दर्ता गर्ने या नगर्ने त्यसको निर्णय यही महाशाखाले गर्ने गर्छ।

यस महाशाखाका प्रमुख छन्, मसे महेन्द्रज‍ंग शाह। 'अभियोजन महाशाखाले चाहेको भए यी दुई निर्दोष सैनिक आज फस्ने थिएनन्', सैनिक उच्च स्रोत भन्छ,'तर, महाशाखाले केही नसोचिकन कोट अफ इन्क्वाइरिले बनाएको प्रतिवेदनकै आधारमा लवकुमार र सरोजलाई दोषी देखाइदियो। महेन्द्रजंगले सेना भित्र छानविन टोली र सैनिक उच्च अधिकारीहरूसँगको सेटिङमा यसरी थुप्रै सैनिकलाई फसाइरहेका छन्।'

000

हामीले यसअघिको शृंखलामै लेखिसक्यौं, लबकुमारको हकमा त यातना उनमै सिमित भएन, उनको परिवारसम्म पुग्यो। हतियारको खानतलासी गर्न सेना र प्रहरीको टोली लबकुमारकी जेठीसासू तारा तामाङको उदयपुरस्थित घरसम्म पुग्यो। लबकुमारकी श्रीमती प्रमिला, भाइ टाइचिन भनिने पवन गुरुङ र जेठीसासु तारा तीनैजनालाई प्रहरी कार्यलयमा लगेर यातना दिइयो। 

प्रमिलाका अनुसार चोरेको हतियार चितवनबाट ताराले उदयपुर लगेर भाइ पवनलाई दिएको बयान कबुल गर्न लगाइयो। त्यसपछि पवन र तारा दुवैलाई चितवन अदालतमा हातहतियारअन्तर्गत मुद्दा चलाइयो। ९ महिना पुर्पक्षका लागि थुनामा बसेका उनीहरुलाई जिल्ला र पुनरावेदन दुवै तहको अदालतबाट सफाइ मिलिसक्यो तर लबकुमार र सरोज अझै कारागारमै छन्। 

अर्को महत्वपूर्ण पक्ष के छ भने ०७५ पुस ५ गते हतियार हराएको यकिन भइसकेपछि ६ गते नै सेनाको टोली लबकुमारलाई लिएर लबकुमारको डेरामा पुगेको थियो। कोठामा लबकुमारकी श्रीमती प्रमिला र ३ वर्षीया छोरी मात्रै थिए। त्यतिबेला पुरै खानतलासी गर्दासमेत केही भेटिएको थिएन। लबकुमारको कल डिटेलबाट पनि उनले अरु कसैलाई हतियार बेचेको या लुकाउन दिएको देखिएको थिएन।

'उक्त हतियार ब्यारेकबाट कोठासम्म पुर्‍याउँदा कोही कसैले नदेख्नु, कोठामा हतियार नहुनु, जुन बाटो उसले हतियार ब्यारेकबाट लिएर गएको भनिएको, त्यो स्थानमा बत्ति नहुनु, हराएको मितिभन्दा केही समयअघिबाट मात्रै सिसिटिभी बिग्रिनु सबै लबकुमार र सरोजलाई फसाउन बनाइएका षड्यन्त्रजस्तो देखिन्छ,' अधिवक्ता सोमनाथ ढुंगाना भन्छन्, 'त्यति मात्रै होइन, हराएको मिति थाहा नभएपनि हराएको थाहा पाएको मिति यकिन हुनुपर्नेमा पुस ४ गतेसम्म हतियार ठिक छ भनी सहायक गणपतिले निरीक्षणमा सबै हातहतियार ठिक भएको प्रतिवेदन प्राप्त गरेको देखिन्छ। उक्तः प्रतिवेदनले हतियार हराएको थाहा समेत ४ गते वा ५ गते कहिले हो, यकिन भएको देखिँदैन।' 

छानबिन टोली र अदालतको फैसलाले लगाएको अर्को हास्यास्पद आरोप के छ भने पुस ९ गते चितवन आइपुगेकी लबकुमारकी जेठीसासु ताराले लबकुमारको कोठाबाट १३ गते हतियार गाइघाट लिएर गएकी थिइन्। जबकी पुस ६ गते अर्थात् तारा चितवन आउनुअघि नै लबकुमारको डेरामा सेनाको टोली आएर पुरै खानतलासी गरेको थियो। 

सैनिक अदालतले एउटै प्रकृतिको अभियोगमा तीन जनालाई फरकफरक कैद सजाय सुनायो भने अन्य १२ जनालाई सामान्य कारबाही गर्‍यो। 

'छानबिन टोलीको प्रतिवेदनमा कहीँकतै लबकुमारकी श्रीमती प्रमिलालाई हतियारबारे थाहा भएको देखिँदैन। न तारा र लबकुमारबीचको फोन सम्पर्क भएको कुनै कल डिटेल रकेर्डले देखाउँछ,' अधिवक्ता ढुंगानाले भने। 

धेरैलाई थाहा नभएको अर्को तथ्य के हो भने त्यतिबेला हतियार हराएपछि कोर्ट अफ इन्क्वयारीको प्रतिवेदनअनुसार सेनाले लबकुमार र सरोजविरुद्ध मात्रै मुद्दा दायर गरेको थिएन, कालिबहादुर गणका गणपतिसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। 

कोर्ट अफ इन्क्वायरीले गणपति सरोज अधिकारीलाई पनि गणको सुरक्षादेखि सम्पुर्ण जिम्मेवारी निर्वाह गर्न असक्षम देखिएको प्रतिवेदन बुझाएको थियो। तर, सैनिक अदालतले एउटै प्रकृतिको अभियोगमा तीनजनालाई फरकफरक कैद सजाय सुनायो भने अन्य १२ जनालाई सामान्य कारबाही गर्‍यो। 

तत्कालीन गणपति सरोज अधिकारी र सहायक गणपति सेनानी भरतकुमार लामालाई १ वर्ष तलब वृद्धि रोक्का गर्ने फैसला सुनाइयो। बाँकी कतिपयलाई नसिहत दिइयो भने कतिको बढुवा रोक्कादेखि तलबवृद्धि रोक्का गर्ने फैसला सुनाइयो। 

फैसलामा को-को थिए?

कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनले लबकुमार र सरोजलाई हतियार चोरीको दोषी देखाएपछि ०७५ चैत २ गते ७ नम्बर अड्डाका बाहिनीपति सहायक रथी सहदेव खड्काको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो। अदालतको सदस्यमा प्रमुख सेनानी समुद्र थापा र प्राड अधिकृत (प्राड सेनानी) दुर्गा बस्नेत रहेका थिए।


जतिबेला अदालतमा कोर्ट मार्सल चलिरहेको थियो, त्यतिबेला लबकुमारकी जेठीसासू तारा र भाइ पवनलाई जिल्ला अदालतले सोही हतियारसँग जोडिएको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। समरी अदालतमा लबकुमार र सरोजलाई दोषी देखाउन सेनाले त्यतिबेला जिल्ला अदालतको आदेशलाई पनि बलियो आधारका रुपमा प्रस्तुत गरेको थियो। 

हतियारसँग सम्बन्धित न कुनै सवतु प्रमाण मिसिलमा संलग्न छ, न हतियार प्रतिवादीहरूबाट बरामद भएको अवस्था नै थियो। तैपनि लबकुमार र सरोजलाई चरम यातना दिएर हतियार चोरको कबुल गर्न लगाइयो। त्यही अनुरूप अदालतले ०७५ चैत २५ गते सरोजलाई ७ वर्ष र लबकुमारलाई १० वर्षको कैद सजाय सुनायो। 

'फौजदारी मुद्दामा प्रतिवेदन आफैमा प्रमाण होइन, प्रमाण हुनै सक्दैन,' अधिवक्ता अरुण पौड्याल भन्छन्, 'यो त केवल अपराध अनुसन्धानको आधार मात्र हुन सक्छ। त्यसलाई स्वतन्त्र आधार र प्रमाणहरुले पुष्टि भएको हुनुपर्छ। तर, यो मुद्दामा समरी जनरल सैनिक अदालतले केवल साविति बयानमा टेकी लबकुमार र सरोजलाई दोषी करार गरेको देखिन्छ। बयानका अलावा केही कुनै सवुत प्रमाण र आधार मिसिलमा संलग्न छैन।'

एकातिर आफन्तहरु लबकुमार र सरोजको रिहाइ कुरिरहेका छन्, अर्कोतिर चौतर्फी प्रश्न उठिरहेको छ- 'बिना कसुर लबकुमार र सरोजलाई जेल पठाउने तत्कालीन गणको नेतृत्व, छानबिन टोली र अदालतका सदस्यलाई अब कारबाही हुनुपर्दैन?'

यसको जवाफ त केवल सैनिक मुख्यालयसँग मात्रै छ। सँगसँगै प्रश्न त यो पनि छ, 'अघिल्लो प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेको फैसलामा अहिले फुली लगाउने तयारीमा रहेका नयाँ प्रधानसेनापति प्रभुराम शर्माले के एक्सन लेलान्?'

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको दसौँ भाग

दुई निर्दोष सैनिकलाई न्यायको बाटो, फाइल झिकाउन अदालतको आदेश

सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङको सम्पत्ति कसुरसम्बन्धी मुद्दामा सैनिक विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। एसएमजी ‘गन’ चोरी गरेको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका गुरुङ र तामाङको मुद्दामाथि बिहीबार अग्राधिकारमा राखेर तोकिएको पेशीले यही मुद्दासँग सम्बन्ध रहेका गंगाधर ढकाल, तारा तामाङ र टाइचिन भनिने पवन गुरुङको फाइल झिकाउन आदेश दिएको हो। ...

शृंखलाको नवौं भाग

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

एसएमजी गन चोरी गरेको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय भोगिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दालाई सैनिक विशेष अदालतले अग्राधिकारमा राख्दै बिहीबारका लागि पेसी तोकेको छ। गुरुङ र तामाङले चोरेको भनिएको गन अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो।...

शृंखलाको आठौँ भाग

दुई निर्दोष सैनिकका लागि न्यायको ढोका खोल्ने चाबी बन्दैछ गंगाधरको यो बयान

मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन। (गंगाधर ढकालको बयान)…

शृंखलाको सातौं भाग

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

जुन गनको प्रयोग गरेर गंगाधरले आफ्नै सहकर्मीको हत्या गरे, त्यही गन चोरी गरेको अभियोगमा सैनिक अमल्दार लबकुमार गुरुङ र सैनिक जवान सरोज तामाङ साढे दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।...

शृंखलाको छैटौँ भाग

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। …

शृंखलाको पाँचौं भाग

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

शृंखलाको चौथो भाग

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ– बयानमा हेराफेरी नहोस्

सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग: 

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

सम्पादकीय

जेल जीवन बिताइरहेका निर्दोष सैनिकबारे सबै बोलौं

देश र जनताको सुरक्षामा खटिने प्रण लिएर सैनिक सेवामा जीवन अर्पण गरेका सरोज तामाङ र लबकुमार गुरुङले आफ्नै संगठनभित्र पाएको यातना मानवीय कानुन, मानव अधिकार र सैनिक ऐनका दृष्टिकोणबाट आपत्तिजनक छ। हतियार चोरीको अभियोगमा जेलमा राखिएका उनीहरू निर्दोष देखिएसँगै नेपाली सेनाभित्रको अपराध अनुसन्धान प्रक्रिया कति फितलो रहेछ भन्ने पनि पुष्टि भएको छ। ‍‍‍...

अनिल यादव

अनिल यादव

काठमाडौं, आइतबार, भदौ १३, २०७८

थप समाचार

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलायो।

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।

दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C