छठपूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घय अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घय’ मा दिइने परम्परा रहेको छ।
कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेका क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन्। अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिन्छ।
नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनसमेत प्रसाद सामग्रीको रूपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रूपमा समेत लिइन्छ।