मंगलबार, असार २३, २०८३

त्रिभुवन विमानस्थलबाट समातियो १४ किलो सुन

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्। फ्लाइ दुबईको उडानबाट बिहीबार राति काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो।

घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए। बरामद भएको सुन आज जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने विभागले जनाएको छ। प्रहरीले घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी गरिरहेको छ। 

प्रकाशित: Dec 08, 2023| 05:18 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्