काठमाडौं- व्यवसायिक फोनको दूरुपयोगको आवाज उठिरहेका बेला सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रालीले व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्रयाकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ ।
कल सेवा विशुद्ध व्यवसायमा फाइदा पुगोस् भन्ने उद्धेश्यले ल्याइएको कम्पनीले जनाएको छ। कल सेवाको प्रयोगले कुनै पनि संस्थाले आफ्नो संस्थासँग सम्वधित सम्पूर्ण फोनकलको सही सदुपयोग भइरहेको छ की छैन भनेर निगरानी गर्न सकिनेछ ।
कल सेवा प्रयोग गर्न कुनै पनि संस्थाले कम्पनिबाट कल सेवाको एकाउन्ट लिएको हुनुपर्नेछ त्यसपछि सबैभन्दा पहिला कर्मचारीको एन्ड्रोइड मोवाइलमा गुगल प्ले स्टोरबाट “कल सेवा” भन्ने एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ ।
वेवमा आधारित सिस्टमबाट आफ्ना कर्मचारीको प्रोफाइल बनाएर यूजरनेम र पासवर्डबाट कर्मचारीको मोवाइलमा भएको कल सेवा एपबाट लगइन गर्नुपर्नेहुन्छ । यसपछि सम्पुर्ण इन्कमिङ, आउटगोइङ, मिस्ड कलको निगरानी वेवमा आधारित सिस्टमबाट गर्न सकिनेछ ।
‘कल सेवा’ प्रविधिको सहायताले अब कुनैपनि संस्था र कर्मचारीबीचको सम्बन्धमा थप पारदर्शीता ल्याउने विश्वास कम्पनीको छ ।