काठमाडौं- एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ। १२ सेप्टेम्बरमा सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो।
यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ। तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ। ६.५ इन्चको स्क्रिन भएको यो आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको। यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ।
यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ। अस्ट्रिया, क्यानेडा, क्रोएसिया, द चेक रिपब्लिक, जर्मनी, हंगेरी, भारत, स्पेन, युकेमा रहेको छ।
एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ। आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ।
जसमा एक सामान्य सिम हुनेछ भने एक ई-सिम एप्पलको नयाँ प्रयोग हुनेछ। तर, यो इ-सिम ९ देशहरूमा मात्र मान्य हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४