सोमबार, वैशाख ७, २०८३

ललितपुर–२ मा भोट माग्न व्यस्त उम्मेदवार [तस्बिरहरू]

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ। विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, कात्तिक २३, २०७९

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले जिल्लाको राजनीतिमा लामो समयदेखि सक्रिय प्रेम महर्जनलाई मैदानमा उतारेको छ। उनी प्रतिनिधिसभामा भने पहिलोपल्ट उम्मेदवार बनेका हुन्। 

National life

एकीकृत समाजवादीले भने यसअघि दुईपल्ट चुनाव जितेका कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको छ। कृष्णलाल सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने प्रेम महर्जनलाई एमाले गठबन्धनको साथ छ। दुवै उम्मेदवार घरदैलोमा व्यस्त छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ। विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। सबै उम्मेदवार घरदैलो तथा निर्वाचन प्रचारका अन्य कार्यक्रममा व्यस्त छन्।



kumari