शुक्रबार, वैशाख १४, २०८१

संघीय चुनावबाट किन पछि हटे महरा?

दाङको क्षेत्र–१ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महराले अन्त्यमा आएर समानुपातिकतर्फको बन्द सूचीमा किन नाम लेखाए? यतिबेला दाङ र रोल्पा दुवै क्षेत्रका कार्यकर्ता आश्चर्यमा परेका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

मंगलबार, असोज ४, २०७९

नेपालगन्ज– नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको आधार इलाका हो, रोल्पा र दाङ। रोल्पाबाट राजनीतिक जीवन सुरु गरेका महराले दाङको पनौरा क्षेत्रमा घर बनाएका छन्।

triton college

२०४८ र २०७० मा रोल्पाबाट निर्वाचन जितेका महरा २०६४ र २०७४ मा दाङबाट निर्वाचित भएका थिए। अहिले महराको निर्वाचन क्षेत्र भनेर दाङको क्षेत्र– २ लाई लिइन्छ। 

संविधान जारी भएपछि २०७४ को प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका महराले यस पटक नेकपा एमालेका शंकर पोख्रेलको सामना गर्नेछन् भन्ने आकलन थियो। तर माओवादी उपाध्यक्ष महरा समानुपातिकको सहज यात्रालाई रोज्न पुगेका छन्।

सोमबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा खस आर्य समुदायका तर्फबाट महराको नाम पहिलो नम्बर रहेका परेको छ। दाङको क्षेत्र–१ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महराले अन्त्यमा आएर समानुपातिकतर्फको बन्द सूचीमा किन नाम लेखाए? अहिले दाङ र रोल्पाको उनको निर्वाचन क्षेत्रसहितका कार्यकर्तासमेत आश्चर्यमा परेका छन्। महरा दाङको क्षेत्र–२ मा गठबन्धनबाट समेत सर्वसम्मत छानिएका उम्मेदवार थिए। 

दाङको क्षेत्र–१ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महराले अन्त्यमा आएर समानुपातिकतर्फको बन्द सूचीमा किन नाम लेखाए? यतिबेला दाङ र रोल्पा दुवै क्षेत्रका कार्यकर्ता आश्चर्यमा परेका छन्।

एमाले महासचिव पोखरेलसँग प्रतिस्पर्धा गर्न नसकेर महराले समानुपातिकबाट सुरक्षित स्थान बनाउन चाहेको टिप्पणी गरिएको छ। ‘महरा रोल्पाबाट सिफारिसमा परे पनि उनले त्यहाँबाट टिकट पाउन सक्ने सम्भावना थिएन,’ नेकपा माओवादी केन्द्र दाङका एक पदाधिकारीले भने, ‘महराको तत्कालका लागि सम्भावना भएको निर्वाचन क्षेत्र  दाङ हो। तर गठबन्धन दलभित्रको बाँडफाँटमा महराले यो निर्वाचन छाड्नुपर्ने भएको हामीले सूचना पाएका छौं।’  

corrent noodles
Metro Mart

रोल्पामा अन्य नेताहरूलाई छाड्नु परेकाले समानुपातिकको सहज बाटो रोजेको माओवादी नेताहरू नै बताउँछन्। वाम गठबन्धनमा भारी मतले जितेका महरालाई त्यसपछिको राजनीतिक चरित्रमा लागेको आरोप र उनको निर्वाचन क्षेत्रमा पनि नेकपा माओवादी केन्द्रको पकड कमजोर बन्दै गएका कारण मनस्थिती बदलिएको दाङमा विश्लेषण हुने गरेको छ। महराको आफ्नै क्षेत्रमा रहेका धेरै माओवादी नेता–कार्यकर्ताले साथ छाडेका छन्। 

महराले सबैको नेता हुन समानुपातिक प्रणाली जान लागेको प्रस्टीकरण दिइसकेका छन्। धेरै ठाउँबाट उठ्नुपर्छ भनेर प्रस्ताव आएकाले सबैको हुन समानुपातिकमा बसेको महराको तर्क छ। संसदीय अनुभव बटुलिसकेका महराले दिएको प्रस्टीकरणभन्दा वास्तविक अवस्था भने फरक छ।  

महरालाई संसद् सचिवालयकी एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि उनको राजनीतिक उचाइको गतिमा ब्रेक लागेको थियो। पछि शाहीकै बयानलाई मुख्य आधार मान्दै काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिए पनि यो विषय निर्वाचनका बेला फेरि सतहमा आउने भय थियो। सोही  प्रकरणका कारण अहिले दाङमा महरालाई नैतिक रूपले निर्वाचनमा होमिन सकस परेको नेताहरूको विश्लेषण छ। 

महरा प्रत्यक्षतर्फबाट साइड लाग्नुको कारण उनको निर्वाचन क्षेत्रमा माओवादी कमजोर छ भने गठबन्धनभित्र तीव्र बेमेल छ। यो विषय यसअघिकै स्थानीय तह निर्वाचनमा छताछुल्ल भइसकेको छ। गठनबन्धनका तर्फबाट निर्वाचन क्षेत्रमा पर्ने घोराही उपमहानगरको मेयरका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा अन्तर्घातकै कारण एक्लो एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए। 

वाम गठबन्धनमा भारी मतले जितेका महरामाथि राजनीतिक चरित्रमा लागेको आरोप र उनको निर्वाचन क्षेत्रमा पनि माओवादी केन्द्रको पकड कमजोर बन्दै गएका कारण मनस्थिति बदलिएको दाङमा विश्लेषण।
कमजोर बन्दै गएको माओवादीलाई गठबन्धनकै बलियो कांग्रेसले साथ दिँदैन भन्ने आशंका यस पटक पनि कायमै रहेकाले महरालाई प्रत्यक्ष निर्वाचन जित्न चुनौती थियो। 

महराले प्रत्यक्ष निर्वाचनबाट हात झिक्नुको पछि अर्को कारण हो, शंकर पोख्रेलको विरासत। हेभिवेट नेताको छवि बनाएर गत निर्वाचनमा होमिएका यी दुई नेताहरूबीचमै प्रतिस्पर्धा हुने आकलन गरिएको राजनीतिक वृत्तमा चर्चाको कोण परिवर्तन भएको छ। एमाले महासचिवसमेत रहेका पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा गरेका विकास र कार्यकर्ताको सेवा, संरक्षण गरेकाले पार्टी बलियो बनेको एमालेकै नेताहरू बताउँछन्।

‘अहिले महरा कमजोर छन् राजनीतिमा। उनीसँग शंकर पोख्रेलको जनमत बढी हुने स्वाभाविकै छ। त्यसैले महराले पोखरेललाई मार्ग प्रशस्त गरेको हुनुपर्छ,’ एमालेका एक नेताले भने। 

२०४८ सहित अहिलेसम्म चार वटा निर्वाचन जितेका महरा पार्टीभित्र हाल बलियो र प्रभावशाली नेताको छविलाई कायमै राखेका नेता हुन्। ६ पटक मन्त्री र एक पटक सभामुख भएका महराले अहिले निर्वाचनमा पोखरेललाई मार्ग प्रशस्त गरिदिएपछि एमाले नेता, कार्यकर्ताहरू भने उत्साहित छन्। राजनीतिक विरासत, निर्वाचनको रणनीति निर्माणदेखि सबै प्रकारले पोखरेललाई अप्ठेरोमा पार्न सक्ने प्रतिस्पर्धीको रूपमा महरालाई हेर्दै आएका बेला अचानक साइड लाग्नुले पोखरेलको समूह उत्साहित हुनु स्वाभाविकै भएको माओवादी दाङका एक नेताले बताए। 

अब दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि स्थायी कमिटी सदस्य रेखा शर्माको सम्भावना धेरै रहेको पार्टी नेताहरूले बताएका छन्। दाङ क्षेत्र नम्बर २ बाट महरा र शर्मासँगै निर्मल आचार्यको नाम पनि सिफारिस भएको थियो।

प्रकाशित: Sep 20, 2022| 13:30 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्