बुधबार, जेठ ९, २०८१

काठमाडौं महानगरको स्मार्टसिटी बनाउने अभियान, ६ ठाउँमा फ्री वाइफाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई समयानुकुल प्रविधिमैत्री सेवा विस्तार गरी विस्तारै महानगरपालिकालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानलाई तीव्र रुपमा अघि बढाएको छ । 

यसको सुरुवातमा काठमाडौं महानगरपालिकाले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आइतबारदेखि फ्री वाइफाई सेवा शुरु गरेको छ ।

पशुपति क्षेत्रबाट फ्री वाइफाई सेवाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो घोषित नीति अनुसार नै यो कार्यक्रम ल्याएको बताए ।

पशुपति क्षेत्र विकास कोषको सहयोगमा वर्ल्ड लिङ्कसँगको सहकार्यमा जडान गरिएको फ्री वाइफाइको उद्घाटन गर्दै मेयर शाक्यले विज्ञान र प्रविधिको युगमा समय सापेक्ष काम गर्दै अघि बढेको बताए । 

उनले  स्मार्ट सिटी अभियान अन्तरगत नै धर्मपथमा स्मार्ट पार्किङ भवन बनाउने तयारी पनि शुरू भएको जानकारी गराए ।

काठमाडौँ महानगरपालिकालाई नै फ्री वाइफाइ जोन बनाउने योजना रहेको भन्दै उनले महानगरका धार्मिक, सास्कृतिक स्थलहरुका बारेमा जानकारी लिन सजिलो होस भनेर एप्स समेत तयार गरेको बताए । 

आइतबार उद्घाटन गरिएको क्षेत्रमा एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान गरिएको छ। जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा दुर्इ सयदेखि सात सय जनासम्मले वाइफाइ प्रयोग गर्ने छन् । बौद्धमा दुर्इ सय ५० जनादेखि पाँच सय जना, शंख पार्कमा ५० देखि दुर्इसय जना, बालाजुमा दुर्इ सयदेखि सात सय जना, स्वयम्भूमा दुर्इ सय देखि तीन सय जना, बसन्तपुरमा दुर्इसय देखि तीन सय जनासम्मले सेवा लिनेछन् । 

मेयर शाक्यले अहिले परिक्षण काल भएकाले दिनमा आठ घण्टा मात्र सञ्चालनमा ल्याउने बताए । उद्घाटन कार्यक्रममा सहभागी प्रदेश सांसद नरोत्तम वैद्यले पनि सकारात्मक सोचका साथ कामको शुरूवात भएको भन्दै आफूहरुले सहयोग गर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...