आइतबार, कात्तिक ३०, २०८२

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एबीयू रोबोकोन प्रतियोगितामा नेपालको त्रिभुवन विश्वविद्यालयले तेस्रो स्थान जितेको छ। तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तेस्रो स्थान पाएका हो।

National life

आइतबारभएको प्रतियोगितामाको प्रिलिमिनियर चरणमा नेपालले भारतको निर्मा विश्वविद्यालय र थाइल्यान्डमाथि जित हासिल गरेको थियो।  नेपालले सो प्रतियोगितामा उपाधिसँगै नाङ्से अवार्ड पनि जितेको छ।

सन् २००१ देखि सहभागी बनेको नेपाल दोस्रो संस्करणमा पहिलो पटक सेमिफाइनल पुगेको थियो। त्यसपछि यो वर्ष (२० वर्षपछि) मात्र नेपाल सेमिफाइनलमा पुगेको थियो।  सेमिफाइनलमा नेपाल र भारतको इन्स्टिच्युट अफ इन्डियामाथि जित निकालेको नेपालले हङकङलाई भने हराउन सकेन। 

त्यस्तै, चाइनिज युनिभर्सिटी अफ हङकङले उपाधि जितेको छ। हङकङ प्रतियोगिताभर अपराजित रह्यो। हङकङले उपाधि जित्दा इन्डोनेसियाले फाइनलमा हार बेहो¥यो। इन्डोनेसिया दोस्रो भयो।

प्रतियोगितामा नेपालसँगै कम्बोडिया, हङकङ र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भारतको टिम ‘ए’लाई हराएको थियो।

Laxmi sunrise bank
kumari

यो वर्षको एबीयू रोबोकोनमा लघोरी खेल खेलाइएको थियो। त्यसमा हरेक सहभागी देशका विश्वविद्यालयले दुई रोबोट तयार गर्नुपर्ने थियो। त्यसमा एउटा रोबोटले फर्मका डिक्स ढाल्ने काम गर्छ भने अर्कोले मिलाउने काम गर्छ।

यसै आधारमा दिइएको अंकमा नेपालले पहिलो खेलमा ५५ अंक पाएको थियो भने भारतको निर्मा विश्वविद्यालयले ५० अंक पाएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले ६५ अंक पाउँदा थाइल्यान्डले ६५ अंक पायो। एउटा खेलमा एक टिमले ७५ अंकसम्म पाउन सक्ने थियो।

चार टिम सम्मिलित समूह ‘ए’ बाट दुई जितसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा चार समूह रहेका छन्। सबै समूहको विजेता सेमिफाइनलमा पुग्नेछ। नेपालले भारत र थाइल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। नेपालले इजिप्टसँग भने खेल्नुपरेन।

समूह ‘ए’ बाहेक बाँकी सबै टिममा समान ३–३ टोली थिए। प्रतियोगितामा जापान, चीनलगायतका देश भने समूह चरणबाटै बाहिरिए।

प्रकाशित: Aug 22, 2022| 13:10 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...