शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राजनीतिक संरक्षणमा मिटरब्याजीको आतंक : जति तिर्दा पनि ऋण बढेको बढ्यै

राजनीतिक संरक्षणमा मिटरब्याजीको आतंक : जति तिर्दा पनि ऋण बढेको बढ्यै

पीडितहरू न्यायका लागि पुनः काठमाडौंमा आन्दोलन गर्न आए पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने काठमाडौं जानुपर्ने कारण नै नभएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गृह मन्त्रालयको आदेशमा आफूले समन्वय गरेर प्रहरी कार्यालयमा पीडित र साहुबीच सहमति भइसकेको जिकिर गरे।
 |  शुक्रबार, साउन २०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, साउन २०, २०७९
National life
Shivam cement

काठमाडौं- नवलपरासी सुस्तापूर्वका हृदेश कुर्मी खेती किसानी गर्थे। एक दिन साथीले भने, ‘तँ यत्तिको बलियो छस्, जाँगरिलो छस्। विदेश जा बरु। राम्रो कमाउँछस्।’

राम्रो कमाइ हुने भनेपछि उनी विदेश जान लालायित भए, तर कुर्मीसँग पैसा थिएन। साथीले गाउँका बानियाँ साहुले ऋण दिने उपाय पनि सुझाए। एक बिघा ११ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर उनले जगदीश बानियाँसँग एक लाख (जसमा पनि १० हजार दस्तुर भनेर साहु आफैंले राखे) ऋण लिए। सुदूर सपना पूरा गर्न कतार उडे। जग्गाको मूल्यांकनका लागि भनेर साहुले नै २ लाखको कागज बनाए। तर ऋण एकै लाख तिर्नुपर्ने मौखिक सम्झौता भयो।  

प्रकाशित: Aug 05, 2022| 17:21 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्