सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • संवाद
  • अमेरिकाका लागि राजदूत खत्री भन्छन्- नेपाल सानो देश होइन, अघि बढ्न प्रयासरत छ [अन्तर्वार्ता]

अमेरिकाका लागि राजदूत खत्री भन्छन्- नेपाल सानो देश होइन, अघि बढ्न प्रयासरत छ [अन्तर्वार्ता]

वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै हुन्छ जस्तो मलाई लाग्छ।
 |  आइतबार, साउन १, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५औं वर्ष पुगेको छ। यही सेरोफेरोमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप कसिलो बनाउने चर्चा पनि भइरहेको छ। कतिपय सन्दर्भमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले गरिरहेको कूटनीतिक प्रयासको प्रशंसा पनि भइरहेको छ। राजदूत खत्रीसँग ‘दिस ईज अमेरिका एन्ड द वर्ल्ड’को २५४२औँ शृंखलामा डेनिस होलेले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग गरेको कुराकानीको सम्पादित अंश

sagarmatha cement

तपाईसँग बसेर गफ गर्न पाउनु सौभाग्यको विषय हो। यो ठाउँमा तपाईँको केही पृष्ठभूमि पनि रहेको छ, हैन र?
-धन्यवाद, मलाई पनि बोल्ने मौका दिनुभएकोमा। खासमा म यहीँ हुर्केको भनौँ। ३४ स्ट्रिटमा मेरो हालको कार्यालय छ। त्यसैले मेरो इतिहास पल्टाउने हो भने हामी लगभग ६० वर्ष पछाडिसम्म पुग्छौँ। वासिङ्गटन र न्यूयोर्क दुवै ठाउँमा मैले सार्वजनिक विद्यालय पढ्ने अवसर पाएँ। मैले न्यूयोर्कबाट उच्च शिक्षा हासिल गरेँ।

हामीले नेपालका बारेमा जान्ने पर्ने दुई–तीनवटा चिजहरु बताइदिनुहोस् न!
-सर्वप्रथम त हामीकहाँ सगरमाथा छ। १० वटामध्ये ८ वटा विश्वकै सर्वोच्च शिखर हामीकहाँ छन्। नेपाल गणतान्त्रिक देश हो। सुन्दर तथा प्यारो छ। विविधतामा एकता र सहिष्णुता कायम छ। नेपालजस्तो सानो देशमा लगभग १२९ वटा भाषा बोलिन्छन् भन्ने कुरा पत्याउन सक्नुहुन्छ? 

नेपालीहरु त्यति धेरै विधिता हुँदा पनि सबैजना मिलेर बस्छन्?
-नेपालको सुन्दरता नै त्यही हो। सबैजना बीच अतुलनीय सद्भाव र सहिष्णुता छ। जहाँसम्म मलाई लाग्छ, तपाईँको भेट नेपालीसँग भयो भने ठ्याक्कै थाहा पाइहाल्नुहुन्छ। उसको सरल, मिलनसार व्यक्तित्व र उदारताले तपाईँलाई यो नेपाली हो भन्ने संकेत दिइहाल्छ।

आधारभूत कुराहरुबारे छलफल गरौँ। नेपालको राजधानी, जनसंख्या र तपाईंले भनेजस्तो हिमाल, भौगोलिक बनोटबारे कुरा गरौँ न त।

-नेपाललाई विश्वका अरु देशसँग तुलना गर्ने हो भने हाम्रो जनसंख्या लगभग ३ करोड छ। तथ्यांक अनुसार विश्वको ४९ औँ धेरै जनसंख्या भएको देशमा पर्दछ। सानो भन्दैमा निकै सानो पनि छैन। लगभग डेढ लाख वर्ग किलोमिटरको छ, नेपाल। जसको मतलब विश्वमा १०० भन्दा बढी नेपालभन्दा साना देश छन्। तर, दुई विशाल देशहरुको माझमा चेपिएको भएर सायद नेपाल निकै सानो देश देखिन्छ। चीन र भारत दुवैको अर्थतन्त्र राम्ररी फस्टाएको छ। अनि जनसंख्या पनि १ अर्बमाथि छ। त्यसैले पनि, नेपाल सानो हुनु भनेको सापेक्षिक कुरा मात्र हो। 

चीन र भारत दुवैका माझमा हुँदा स्थिति नाजुक नै देखिन्छ नि। त्यसका लागि नेपालको वैदेशिक नीति कस्तो छ? 
-नाजुक त छ नै। तर, मेरो विचारमा हाम्रो भूराजनीतिक स्थिति लाभदायक पनि छ। वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै हुन्छ जस्तो मलाई लाग्छ। 

यहाँ अमेरिकामा हामीलाई कहिलेकाहीँ भौगोलिक चुनौती महसुस हुन्छ। जब नेपाल भनिन्छ, मान्छेहरुले तिब्बत सोच्छन्। भुटान सोच्छन्। छरछिमेकको परिचयबाट नेपाललाई कसरी छुट्याउन सकिएला?
-सन् १९६४ मा जब म अमेरिका आएँ, अनि मान्छैहरुले मलाई ‘तिमी कहाँबाट हो’ भनेर सोद्धा जब म ‘नेपाल’ भनेर जवाफ दिन्थेँ, उनीहरुको प्रतिकृया ‘ए.. अँ न्यापल्स (ईटालीको सहर) भन्ने गर्थे। धन्न अहिले तिब्बत, भूटान भए पनि नजिक नजिक पुगिँदैछ। दुई ठूला राष्ट्रहरुका बीचमा रहेको नेपालको छिमेकी हो, भुटान। सार्क सदस्य दक्षिण एसियाली राष्ट्रहरु वरिपरी छन्।  यही सबैका आसपासमा छ, नेपाल।

अनि विश्वकै विशेष क्षेत्रमा पनि, हैन र?
-एकदमै। नेपाल घुम्ने पर्यटकहरुको पनि यस्तै भनाइ हुन्छ।

तपाईंले अघि भनेजस्तै सगरमाथा, हिमालयका बारेमा सोच्दा मेरो मनमा अर्को कुराको खुलदुली जाग्यो। यी विशाल हिमश्रृंखलाहरुले यहाँका जनतामा कस्तो मानसिक छाप छोडेको छ?
-वास्तवमा नेपालीमा अभिमानको भाव जगाएको छ। अग्लाअग्ला हिमाल र पहाडका माझ जीवन अति कष्टकर भए पनि उनीहरु कडा परिश्रम र लगशीलताका साथ जीवनशैलीलाई सरल बनाउन तल्लीन छन्। कहिलेकाहिँ पानी लिन समेत लामो दूरी हिँड्नुपर्छ। त्यो पनि उकालो(ओरालो। तर नेपाल पहाडै(पहाडले मात्र भरिएको भने छैन। दक्षिणतिर समथर तराई छ। त्यसैले नेपाल भनेको तराई दूरदराज र पहाड सबैको सुन्दर सम्मिश्रण हो।

सगरमाथा मात्रले नेपालमा कस्तो प्रभाव पारेको छ?
-सगरमाथाले हाम्रो अस्तित्वलाई नक्सामा कायम गर्दछ। जब(जब म कोहि नयाँ मान्छे भेट्छु, उनीहरुलाई सिधै सगरमाथा भन्दिन्छु। त्यति सुन्नासाथ उनीहरुले बुझिहाल्छन्। एक हिसाबले सगरमाथा हाम्रो पहिचान हो। यसले पर्यटन प्रबद्र्धनमा समेत ठूलो भूमिका निर्वाह गर्दछ।

चीन र भारत दुवैको अर्थतन्त्र राम्ररी फस्टाएको छ। अनि जनसंख्या पनि १ अर्बमाथि छ। त्यसैले पनि, नेपाल सानो हुनु भनेको सापेक्षिक कुरा मात्र हो। 

३ करोड आसपास जनता भएको देशको अर्थतन्त्र सञ्चालनको प्रमुख तत्व के छ?
-अधिकांश रुपमा खेती/किसानी नै हो। करीब ७० प्रतिशत नेपाली कृषिमै निर्भर छन्। तर, विगतका केहि वर्षयता सेवा क्षेत्रले पनि राम्रो पकड लिएको छ। नेपालको जीडीपी करिब ३५ बिलियन अमेरिकी डलरको छ। जुन विकसित राष्ट्रहरुको तुलनामा धेरै त अवश्य हैन तर पनि नेपाल अघि बढ्न प्रयासरत छ। 

अनि व्यावसायिक दृष्टिकोणबाट चाहीँ नेपाल कुनकुन राष्ट्रसँग संलग्न छ?
-तपाईंले अनुमान लाएझैँ मु्ख्यतस् दुई छिमेकी राष्ट्रहरुसँग। चीनसँग व्यापारिक सम्बन्ध विस्तार हुँदैछ। भारतसँग नै बढी व्यवसाय हुन्छ। अमेरिका र युरोपेली संगठनसँग पनि व्यवासियक हिसाबले उल्लेख्य विस्तार हुँदैछ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच कस्ता सरसामानको बिक्रीवितरण हुने गरेको छ? 
-धैरैजसो त्यही औषधिमुलो, ईलेक्ट्रोनिक ग्याजेट, टेकनिकल सामानहरु अमेरिकाबाट नेपाल जान्छन्। नेपालबाट अमेरिका आउने भनेको विश्वप्रसिद्ध नेपाली कार्पेट, जडीबुटीहरु हुन्।  यहाँ भएका ठूला कम्पनीहरुसँग पनि नेपालबाट आउने सामानको बजारीकरणबारे हामी कुरा गरिरहेका छौँ।

के अमेरिकी कम्पनीहरुलाई नेपालमा लगानी गर्ने मौका मिल्नसक्छ?
-पक्कै पनि। विगतमा पनि प्रयासहरु भएका थिए। अनि अहिले पनि हामी यसबारे छलफल गरिरहेकै छौँ। लगाानीकर्ताहरुका लागि जलविद्युत प्रमुख आकर्षणको विषय हुन्छजस्तो मलाई लाग्छ। सौर्य उर्जाजस्ता उर्जाका अन्य विधामा पनि लगानी गर्न सकिन्छ।

प्रकाशित: Jul 17, 2022| 17:52 आइतबार, साउन १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी नीति भारत र अमेरिकाबीचको बलियो साझेदारीसँग केही हदसम्म भिन्‍न देखिन्छ।
इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

विदेशमा हामीले कानुनी रूपमा र सुरक्षित रूपमा पठाएका नागरिकमाथि पनि सांघातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ।
वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौं। उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं।
वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

मुलुकमा वन जंगलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ। वन्यजन्तुको संख्या पनि निकै बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव-वन्यजन्तु द्वन्द्व बढेको छ...