बिहीबार, माघ १, २०८२

जापानले बनायो जुत्ताको गन्ध हटाउने 'डिभाइस'  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जापान- जापानले जुत्ताको दुर्गन्ध हटाउने एक 'डिभाइस' बनाएको छ। हरेक कुरालार्इ टक्नोलोजीको माध्यमबाट सम्भव बनाउने जापानले यस्तो डिभाइस बनाएको हो। 

जुत्ता गन्हाउने समस्याबाट छुटकारा पाउन प्यानासोनिक कम्पनीको एमएस- डि १०० नामक डिभाइस बनाएको छ। यस डिभाइसलार्इ पाँच घण्टासम्म जुत्ताभित्र छोड्नुपर्दछ। 

यो डिभाइस सानो भ्याकुम क्लिीनर जस्तो देखिन्छ। यो डीभाइस २० सेप्टेम्बरदेखि जापानमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको प्रयोगका लागि जुत्तामा टोपी लगाए जसरी लगाउनुपर्छ। 

कम्पनीका अनुसार एक पटक चार्ज गर्दा मेशिन तीन चार पटकसम्म यसको प्रयोग गर्न सकिन्छ। यस मेशिनले जुत्तामा भएको जनसुकै दुर्गन्ध पनि हटाउनसक्छ।

मेशिनलाई दुई मोडमा लगाउन सकिन्छ। जुत्ता धेरै नै गन्हाउने अवस्थामा छ भने मेशिनलाई सात घण्टाको टाइमिङ मिलाएर राख्न सकिन्छ।

मेशिनको मुल्य भने अहिले निर्धारण गरिएको छैन र कम्पनीले सुरुवातमा हरेक महिना १००० पीस बनाउने गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...