मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • १५ हजार मान्छेले बनाइरहेको दोस्रो सूर्यको कथा जसले बदल्नेछ ऊर्जाको इतिहास

१५ हजार मान्छेले बनाइरहेको दोस्रो सूर्यको कथा जसले बदल्नेछ ऊर्जाको इतिहास

३५ वटा राष्ट्रको सहकार्यमा निर्माण भइरहेको ‘दोस्रो सूर्य’ खास ‘न्युक्लियर फ्यूजन’को उत्पादन हो। सूर्य लगायत सबै ताराहरुमा हुने प्राकृतिक प्रकृया न्युक्लियर फ्यूजन नै हो। सेन्ट-पल-आएज-डुरेन्सको सानो बस्तीमा वैज्ञानिकहरुले सोही प्रक्रियालाई ‘कपी’ गर्न खोजिरहेका छन्।
 |  सोमबार, जेठ २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

vianetvianet

फ्रान्स- दक्षिणी फ्रान्सको सेन्ट-पल-लेज-डुरेन्सस्थित एउटा सानो पहाडबाट दुइटा सूर्य देखिन्छन्। एउटा साढे चार खर्ब वर्षदेखि जलिरहेको र अर्को चाहिँ हजारौं मानव मष्तिस्क र हातहरूले विस्तारै बनाएको।

रमाइलोचाहिँ के भने, जब साँझ पर्दै जान्छ यहाँ अलग र मोहक दृष्य देखा पर्छ। साँच्चैको सूर्यको तेज धीमा पर्छ अनि मानव निर्मित सूर्य तेजिलो देखिन्छ। पहाडमाथि निर्माणाधीन मानव निर्मित सूर्य प्रयोगशिलताकाे यस्तो एउटा कडी हाे जुन प्रयोग सफल भएमा मानव इतिहासमा एउटा थप उपलब्धि हात लाग्नेछ। 

३५ वटा देशको सहकार्यमा सेन्ट-पल-लेज-डुरेन्समा निर्माण भइरहेको ‘दोस्रो सूर्य’ खासमा ‘न्युक्लियर फ्यूजन’ हो। सूर्यलगायत सबै तारामा हुने प्राकृतिक प्रकृयालाई वैज्ञानिकहरुले न्युक्लियर फ्यूजन ठान्दछन्।  सेन्ट-पल-लेज-डुरेन्समा वैज्ञानिकहरुले सोही प्रक्रिया ‘कपी’ गर्न खोजिरहेका छन् तर यो काम सजिलो भने छैन।

न्युक्लियर फ्यूजन सफल भए यसले पूरै विश्वलाई पुग्ने गरी असीमित ऊर्जा उत्पादन गर्नेछ। यस्तो ऊर्जाको स्रोतले जैविक इन्धनले जस्तो हरित गृह ग्यासको उत्सर्जन समेत गर्दैन। यसका साथै यसले हाल प्रयोगमा रहेका न्युक्लियर फिसनले जस्तो मानव स्वास्थ्यलाई हानी पुर्‍याउने रेडियो-एक्टिभ विकिरण पनि पैदा गर्नेछैन।

यो महत्वाकांक्षी परियोजना सफल भएमा हामी आफैँले सिर्जना गरेको जलवायु परिवर्तनको सिकार हुनबाट मानव जातिलाई बचाउन सक्नेछ। 

प्रकाशित: Jun 06, 2022| 16:44 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्