काठमाडौं- नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले 'क्युब्स इन स्पेस' नासो-२०२१ कार्यशालाको आयोजना गरेको थियो। नासोले एक वर्षअघि (चैत २८ देखि जेठ १) गतेसम्म कार्यशाला आयोजना गर्दा ५५ विद्यार्थी सहभागी बनेका थिए।
स्टिम शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको अवसर सिर्जना गर्न आईडूडल ईडीयू नामक अमेरिकी संस्थासँग सहकार्य गर्दै नेपालमा विद्यालय तहका विद्यार्थीहरूका लागि क्युब्स इन स्पेस कार्यक्रम आयोजना गरिएको नासोले बताएको थियो।
पाँच हप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहका विद्यार्थी सहभागि गराइयो। क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरिङ डिजाइन प्रतिस्पर्धा हो। यो प्रतिस्पर्धामा विद्यार्थीहरूले आफ्ना प्रयोगहरू नासा साउन्डिङ रकेट तथा जिरो प्रेसर साइन्टिफिक बेलुनमार्फत् अन्तरिक्ष वा अन्तरिक्ष नजिक वातावरणमा पठाउन सक्नेछन्।
त्यो प्रयोगका लागि पहिला विद्यार्थीहरूले योजना बनाउने, मूल्यांकनमा पठाउने गर्नुपर्ने हुन्थ्यो। त्यसबाट छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को अफिस पठाउनुपर्ने थियो।
क्युब्स इन स्पेसमा सहभागिताका लागि नासोले ५५ विद्यार्थीको सहभागिता गरायो। कार्यक्रममा लागि नासोले ५५ जना विद्यार्थी छान्यो। त्यसमा पनि उमेरअनुसार १५ समूह सहभागी विभाजन भएका थिए। सुरुमा पाँच हप्ताका कार्तक्रम भए पनि बढेर डेढ महिनाभन्दा लामो भएको थियो।
त्यहाँ नासोले कक्षाहरु पनि सञ्चालन गर्यो। कक्षामा सहभागीहरूलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरूलाई प्रयोगहरू डिजाइन गर्न लगाइयो। नेपालमै पहिलोपटक संचालन भएको त्यो कार्यक्रम अनलाईनमा गरिएको थियो।
खासमा यो कार्यक्रमको धेरै महत्त्व छ। अन्तरिक्षमा जाने बस्तुहरुमा सामानको जडान कसरी गर्ने र त्यहाँ पुगेर फर्किएका बस्तुमा कस्ता परिवर्तनहरु पाइन्छन् भनेर यो आयोजना गरिएको थियो। विद्यार्थीले धेरै प्रकारका डिजाइन तयार गरे। सबै डिजाइन छनोट हुने कुरै भएन। केहि छनोट हुने थिए। त्यसका लागि डिजाइनरले प्रस्तुति दिनुपर्ने पनि हुन्थ्यो।
नासोका अध्यक्ष हुन् सुरेस भट्टराई। उनी पनि नेपालका दुई डिजाइन छनोट भएको बाताउँछन्। त्यसमा चार सेन्टिमिटरमा ससाना चार बट्टाहरु राखिएका छन्। ति बर्गाकार छन्। विद्यार्थीले खासमा त्यहाँ दुई फरक प्रयोग हेरेका छन्।
‘साउन्डिङ रकेटमा कुनै बस्तु स्पेस वा अन्तरिक्षमा पठाइएमा त्यसमा हामीले प्रयोग गरिरहेको ‘ग्लु’ (गम) ले काम गर्छ कि गर्दैन भन्ने एउटा प्रयोग छ,’ नासोका अध्यक्ष सुरेस भट्टराईले भने, ‘अर्कोमा चाहिँ पृथ्वीभन्दा माथिको चीसो हावामा पठायो भने प्लास्टिकजन्य वस्तुभित्र भएको ‘एयर बबल’ को आकारमा के असर पर्छ भन्नेमा केन्द्रित थियो।’
त्यस्तै, त्यहाँ अर्को एक प्रयोग पनि थियो। त्यसमा चाहिँ ‘ओब्लिक’ प्रयोग भएको थियो। ओब्लिक भनेको मकैको पिठो र पानीको मिश्रण हो। धेरै दबाब भएको ठाउँमा पठायो भने त्यो ठोसमा परिणत हुन्छ। अनि त्यसमा कस्तो प्रभाव रहन्छ भन्ने त्यो प्रयोगका लागि क्युब डिजाइन गरिएको थियो।
यी बस्तुहरुको परीक्षण दुई वटा फरक फरक साधनमा गरिएको थियो। त्यसमा नेपालबाट दुई फरक प्रयोगका चारवटा क्युब छनोट भएका थिए। पठाइएका दुई बट्टाहरु ठूलो ध्वनी भएको रकेटमा अन्तरिक्षमा पठाइएका थिए भने। दुई बट्टाहरु चाहिँ शून्य चाप भएको बेलुनमा स्पेसमा पठाइएका थिए। ति डिजाइन नासाको वालोप्स फ्लाइट फ्यासिलिटी सेन्टरमार्फत् अन्तरिक्षमा बठाइएको हुन्।
१५ फरक समूहबाट छनोट भएका ती दुई प्रयोगहरू निकै भाग्यमानी रहे। ७५ भन्दा धेरै देश सहभागी बनेको यो कार्यक्रममा बाँकी प्रयोग छनोट नै भएनन्।
त्यसरी गएको अगस्तमा अमेरिकाबाट ति बट्टाहरु अन्तरिक्षमा पठाइएको थिए। फेरि ति बट्टा अमेरिकामा नै फिर्ता आए। अमेरिकामा आए पनि नेपाल फर्काउन नासोलाई सकस नै परेको सुरेश बताउँछन्। फेडएक्सको सहकार्यमा बल्ल ति बट्टा नेपाल आइपुगे। त्यो पनि गएको माघ १२ गते नेपाल आइपुगेको हो। अहिले ति चार बट्टाहरु बत्तिसपुतलिस्थित नासोको कार्यालयमा छन्।
नासोका लागि मात्र होइन नेपालका लागि ती बस्तुहरु गर्व गर्न लायक छन्। नेपालमा पहिलो पटक अन्तरिक्षबाट फिर्ता आएको बस्तु भएको सुरेशको दाबी छ। अन्तरिक्ष विज्ञानमा कमजोर नेपालका लागि त यो ऐतिहासिक कुरा हुन्।
अब यसको अध्ययन हुन बाँकी छ। सबै तहका विद्यार्थिको परिक्षा सकिएपछि त्यसबारे अध्ययन हुनेछ। यसबारे पाइने ज्ञानहरु पनि धेरै छन्। त्यसको सुरुमा नै नासोले विद्यार्थीलाई कस्ता सामान अन्तरिक्षमा पठाउने भन्ने सन्दर्भमा जानकारी दिएको थियो। त्यसैका आधारमा विद्यार्थीले प्रयोगको डिजाइन गरेका थिए।
त्यो डिजाइनलाई छनोट गर्नका लागि नासोको दुई टिम निर्माण गरिएको थियो।
अब यो नेपाली विद्यार्थिका लागि ठूलो लेसन हुने सुरेश बताउँछन्। अब विद्यार्थिले आफूले बनाएर पठाएको सामानको अध्ययन गर्नेछन्। त्यसमा आफूले हेर्न चाहेको चीजमा भएको परिवर्तन देख्नेछन्। र, अन्तरिक्षमा पठाउने बस्तुमा के प्रयोग गर्न हुन्छ र के प्रयोग गर्नु हुँदैन भन्ने विषमा थोरै भए पनि जानकारी पाउने छन्।
त्यसबाहेक पनि यि बट्टाहरुलाई अन्तरिक्ष पठाउने सवालमा धेरै नियम त सुरुमै सिकाइएको नै छ। त्यसबाहेकका थप जानकारी विद्यार्थिले यो प्रयोगबाट पाउने सुरेश बताउँछन्।
‘यसमा के निष्कर्श निस्किएला मलाई जान्न धेरै उत्साह भइसकेको छ,’ नेपाल समयसँगको कुराकानीमा सुरेशले भने, ‘अब यसलाई खोलेर फाइन्डिङ्स निकाल्नु पर्छ। यसरी पठाउँदा स्पेस डिजाइनको परीक्षण कसरी हुन्छ भन्ने विद्यार्थिले सिक्छन् नि।’
त्यस्तै, आलोचनात्मक डिजाइन भनेको के हो भन्नेबारे विद्यार्थिले जानकारी पाएका छन्। यसरी नेपालका विद्यार्थीहरूले पहिलो पटक सिक्ने मैका पाएका छन्। अब यसले नेपाली विद्यार्थीलाई भोलिका दिनमा स्याटलाईट बनाउनु पर्यो भने यो प्रयोगले सहयोग गर्ने उनी बताउँछन्।
यसरी सिक्ने यो नै नेपालको पहिलो ब्याच हो। यसका सबै प्रकृया फलो गरेका विद्यार्थिले स्याटलाइट प्रक्षेपणबारे जानकारी पाएका छन्।
‘विद्यार्थीले स्पेसमा के पठाउन हुन्छ र के पठाउन हुन्न भनेर विद्यार्थीद्ये सिकेका छन,’ उनले भने।
उनीहरुले आफूले बनाएको डिजाइनको निष्कर्शको अनुमान पनि लगाएका थिए। त्यो अनुमान सहि हुन्छ वा हुँदैन। बट्टा खोलेपछि थाहा हुने सुरेश बताउँछन्।