आइतबार, वैशाख २, २०८१

न्याय खोज्दा अन्यायमा परेका प्रहरी अधिकृतका ७६० दिन

माओवादी विद्रोहका बेला जागिर नछाडेका उनी आज जुनसुकै समय जागिर छाड्न तयार छन्। आफ्नै संगठनसँग थाकेका छन् उनी। गुनासाका चाङ मनभित्रै गुम्सिएका छन्। आफैं स्वीकार्छन्, ‘म हिजो संगठनका लागि मान्छे मार्न पनि तयार हुन्थें, आफू मारिन पनि। तर, त्यो ऊर्जा आज मसँग छैन।
 |  सोमबार, साउन ११, २०७८

अनिल यादव

अनिल यादव

सोमबार, साउन ११, २०७८

काठमाडौं- अंगुर जीसी नेपाल प्रहरीभित्र अनुसन्धानमा अब्बल प्रहरी अफिसर हुन्। तर, २४ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका उनी अचेल कुनै ‘सिन’मा छैनन्। न कहीँ ‘फिल्ड’मा छन्, न कुनै अनुसन्धानमा। प्रहरी नायब उपरीक्षक (डीएसपी) रहेका उनको ‘ड्युटी’ यतिखेर प्रहरी प्रधान कार्यालय नक्सालभित्र प्रशासन विभागमा खुम्चिएको छ। 

triton college

०५६ सालमा माओवादी विद्रोह चर्किरहेका बेला थप मद्दतका लागि उनी रुकुम पुगेका थिए, १४ जनाको प्रहरी टोलीसहित। बेग्लै ऊर्जा थियो आफ्नो कर्मप्रति। साहसी थिए, प्रतिबद्ध थिए आफ्नो संगठनप्रति।

त्यतिबेला जागिरबाट हात झिकाउन माओवादी लडाकु उनको घरसम्म नपुगेका होइनन्। ‘मम्मी’लाई धम्क्याउँदै अनेकौं दबाब नदिएका  होइनन्, तैपनि उनी डराएनन्।  

धेरै सहकर्मीले त्यतिबेला जागिर छाडे, तर उनी लडिरहे। सुरक्षा कर्ममै आफ्नो जीवन देखे, करिअर देखे। विडम्बना! आज अंगुरसँग हिजोको जस्तो त्यो ‘उर्जा’ छैन, त्यो ‘साहस’ छैन। 

माओवादी विद्रोहका बेला जागिर नछाडेका उनी आज जुनसुकै समय जागिर छाड्न तयार छन्। आफ्नै संगठनसँग थाकेका छन् उनी। गुनासाका चाङ मनभित्रै गुम्सिएका छन्। आफैं स्वीकार्छन्, ‘म हिजो संगठनका लागि ज्यान दिन पनि तयार हुन्थें। तर, त्यो ऊर्जा आज मसँग छैन। स्वाभाविक रूपमै छैन।’

corrent noodles
Metro Mart

किन त? कसरी घट्यो उनको त्यो उच्च मनोबल? 

२०७५ सालमा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकबाट विभूषित यी पुलिस अफिसरको यो कथा बुझ्न तीन वर्षअघि आजकै दिनमा फर्कनुपर्छ। ठिक त्यो दिन कञ्चनपुरकी निर्मला पन्तको शव भीमदत्त–१८ मा पर्ने एउटा उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेका थियो। 

०००

अंगुर त्यतिबेला काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जघन्य अपराध पिलरका प्रमुख थिए। निर्मलाको क्रूर हत्याले कञ्चनपुरमा आक्रोशको आगो बलिरहेको थियो। स्थानीय हत्यारालाई पक्राउ नगरेसम्म निर्मलाको शव नै उठाउन नदिने अडान राखिरहेका थिए। 

इन्स्पेक्टरकै नेतृत्वमा टोली तय भएको थियो। प्लेनको टिकटसम्म काटिएको अवस्था थियो। तर, अन्तिम समयमा आईजीपीले डीएसपीकै नेतृत्वमा टिम पठाउन निर्देशन दिएपछि छनौट भएको नाम थियो, अंगुर जीसी।  

घटना घटेको तीन दिनपछि त्यसको संवेदनशिलतालाई बुझ्दै केन्द्रबाट सीआईबीको टोली पनि कञ्चनपुर जाने तय भएको थियो। सामान्यतया सीआईबीबाट इन्स्पेक्टरकै नेतृत्वमा फिल्ड पठाउने चलन थियो। त्यतिबेला पनि इन्स्पेक्टरकै नेतृत्वमा टोली तय भएको थियो। प्लेनको टिकटसम्म काटिएको अवस्था थियो। तर, अन्तिम समयमा आईजीपीले डीएसपीकै नेतृत्वमा टिम पठाउन निर्देशन दिएपछि छनाेट भएको नाम थियो, अंगुर जीसी।  

साउन १३ गते उनको नेतृत्वमा सीआईबीको टोली कञ्चनपुर लाग्यो। तीन दिन ढिला भएकाले उनको टोलीले तत्काल ‘क्राइम सिन’ हेर्न पाएन तर उपलब्ध प्रमाण र तस्बिरका आधारमा अनुसन्धान थाल्यो। अनुसन्धानका क्रममा अंगुरको टोलीले घटनामा स्थानीय दिलीपसिंह विष्टको संलग्नता देख्यो। अंगुरले गरेको ‘स्टिङ अपरेसन’ का क्रममा दीलिपले स्वयम् बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकार पनि गरे। 

तर, स्थानीयकाे भीड प्रहरीको अनुसन्धान निष्कर्ष स्वीकार्न तयार भएन। स्थानीय पत्रकार खेम भण्डारीले ‘भीआईपी अपराधीलाई बचाउन पागल मान्छेलाई थुनेको’ भन्दै भीडलाई उछाल्न भूमिका खेले। प्रहरीले भीआईपी बचाउन प्रमाणहरु नष्ट गरेको आरोप लाग्यो। 

अंगुर दाबी गर्छन्, ‘घटना हुनेबित्तिकै कसैले पनि मेरो छोराछोरी या भतिजाले यस्तो अपराध गरेछ, प्रमाण नष्ट गर्दिनु भनेर प्रहरीलाई फोन गरेको हुँदैन।’ तर, त्यतिबेला कोही पनि प्रहरीका ती तर्क सुन्न तयार थिएनन्। स्थानीय स्तरमा एउटा समूहले लगातार ‘अफवाह’ फैलाइरहेको थियो, ‘दीलिप मानसिक सन्तुलन गुमाएका मान्छे हुन्, उसले यस्तो घटना घटाउन सक्दैन, उ त केटी मान्छेको मुख पनि हेर्दैनथ्यो, यो सबै भिआइपीलाई उम्काउन गरिएको नाटक हो।’

यता सीआईबीको अनुसन्धानले विष्टलाई दोषी देखिरहेको थियो, उता स्थानीयको भीड खेम भण्डारीहरुकै तर्कसँग ‘हो मा हो’ मिलाइरहेको थियो। तर प्रहरी पनि अन्तिम पुष्टिका लागि डीएनए परीक्षण गर्ने नै निष्कर्ष पुग्यो। 'डीएनए मिलेन भने अभियुक्तलाई छाड्नुपर्छ,' अंगुरले आफ्नो प्रतिवेदनमै यो लेखेका थिए। 


अंगुरलाई लागेको थियो– डीएनए मिल्छ, पक्का मिल्नुपर्छ । तर, नतिजा फरक आयो। प्रहरीले दोषी देखेको विष्टको डीएनए मिलेन। प्रहरीलाई गलत मान्छे थुनेको आरोप चर्किंदै गयो। छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परे।  

तर, अंगुरलाई लागेको थियो– डीएनए मिल्छ, पक्का मिल्नुपर्छ । तर, नतिजा फरक आयो। प्रहरीले दोषी देखेको विष्टको डीएनए मिलेन। प्रहरीलाई गलत मान्छे थुनेको आरोप चर्किंदै गयो। छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परे।  

त्यसको केही दिनपछि ०७५ भदौ ३० गते निर्मलाको बलात्कारपछि हत्या र त्यसपश्चात् उत्पन्न घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गरेको सिफारिस अनुसार अनुसन्धानमा संलग्न थप पाँच प्रहरी पनि निलम्बनमा परे । जसमा अंगुर पनि परे। 

त्यही दिन त हो, प्रहरी करिअरमै उनलाई सबैभन्दा ठूलो झट्का लागेको। ‘प्रहरीमा जागिर खाएर के पाएँ त मैले?’, सबैभन्दा बढी मनमा आत्मग्लानी छाएको। 

०००

०७५ भदौ ३०। अंगुर काठमाडौंमै थिए, आर्मीमा रहेका बहिनी र ज्वाइँको प्रमोसनको पार्टीमा। बहिनी सावित्री जीसी मेजरमा बढुवा भएकी थिइन्, ज्वाइँ सुशील प्याकुरेल कर्णेलमा। परिवारमा खुसीको सीमा थिएन। 

अंगुर पनि त्यही खुशीमा सामेल थिए। जब त्यहिबेला तत्कालीन डीएसपी अजय केसीको फोन आयो, एकाएक उनको अनुहारमा अँध्यारो छायो । 

‘दुःख लाग्यो, तपाईंको यस्तो भएछ,’ छोरीज्वाइँको प्रमोशन भएकै समय जब उनीबाट अंगुरले आफू निलम्बनमा परेको खबर पाए, सारा खुशीहरु एकाएक पानीका फोका  भए। उनको दिमागमा अनेक कुराहरु खेल्न थाले। मन स्थिर रहन सकेन। श्रीमती पनि सँगै थिइन्, थाहा पाइन्। पतिकाे जागिर गएको सुन्दा खुशी त पक्कै थिइनन् तर मनोबल नघटोस् भनेर मुस्कुराइरहिन्। 

घरमा पुग्दा आमा पनि खबर सुनेर धेरै बोलिनन्, मौन नै भइन्। तर, आमाको मौनता र श्रीमतीको मुस्कानभित्र अंगुरले अव्यक्त पीडा महसुस गरिरहे।

‘भीडले सिर्जना गरेको दबाब हेर्दा आन्दोलनलाई साम्य बनाउन भए पनि हामीलाई निलम्बन गरिन्छ कि भन्ने लागिरहन्थ्यो,’ अंगुर भन्छन्, ‘त्यसैले म त तयार नै थिएँ। तर, सबैभन्दा बढी पीडा परिवारमा हुने तनावलाई लिएर भयो।’

‘भीडले सिर्जना गरेको दबाब हेर्दा आन्दोलनलाई साम्य बनाउन भए पनि हामीलाई निलम्बन गरिन्छ कि भन्ने लागिरहन्थ्यो,’ अंगुर भन्छन्, ‘त्यसैले म त तयार नै थिएँ। तर, सबैभन्दा बढी पीडा परिवारमा हुने तनावलाई लिएर भयो।’

निलम्बनको सूचनालगत्तै भोलिपल्ट अंगुर सीआईबीको कार्यालय पुगे। आफूसँग भएको पेस्तोल हस्तान्तरण गरे। मनमनै ढुक्क थिए, बादलले छोपिएको सत्य एक न एक दिन चिरिएला भनेर। भन्छन्, ‘एक्लै बस्दा धेरै रोएँ होला, कहिलेकाहीँ त्यो आँसु सार्वजनिक रुपमै पोखियो होला तर मसँग सधैं थियो म गलत छैन भन्ने त्यो आत्मविश्वास, जसले मलाई कहिल्यै डिप्रेसनमा जान दिएन।’ 

०००

अदालतले सफाइ दिएपछि अंगुरको निलम्बन त फुकुवा भयो तर निलम्बनका ती ७ सय ६० दिनमा उनले भोगेका पीडा अनगिन्ती छन्। जसको सफाइ कहिल्यै हुनसक्ला भन्ने उनलाई लाग्दैन।‘फुकेर आकाशतिर उडाइएको धुँवा जस्तै कतै न कतै पीडाका फुर्काहरु उडिरहेकै हुन्छन् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘कति ठाउँमा त पीडा लुकाउन खोजियो तर कतिपय ठाउँमा पीडा आफै धुँवा बनेर मडारिइरह्यो।’

घरमा आमा र श्रीमतीलाई त उनको निलम्बनको खबर थाहा भयो तर दुई छोरालाई थाहा थिएन। जेठो छोरा ११ वर्षको थियो, कान्छो ७ वर्षको। उनीहरुको बाल मनोविज्ञानमा असर नपरोस् भनेर अंगुरले यो खबर उनीहरुलाई सुनाउन आवश्यक ठानेनन्।   

तर, एकदिन जेठो छोरालाई उसकै साथीले स्कुलमा सोधेछ, ‘तिम्रो बुबाले त ‘क्रिमिनल’लाई बचाएछ नि, हैन?’ बुबाको सधैँ ‘हाइ हाइ’ सुनेको छोरोले के पत्याओस्, गर्वसाथ जवाफ फर्काएछ, ‘होइन, माइ फादर इज हिरो।’ 

अनि, साथीले भनेको त्यही कुरा छोराले घरमा आएर मम्मीलाई सुनायो। अनि, ‘मम्मी’ले अंगुरलाई। त्यो कुराले अंगुरलाई झन् पोल्यो। उनले तत्काल ठाने, अब दुई छोरालाई यो कुरा लुकाउनु हुँदैन। त्यसपछि उनले दुवैलाई सँगै राखेर आफू निलम्बनमा परेको खबर सुनाए। भने, ‘तर, तिम्रो बुबा दोषी छैन, बुबाले गलत गरेको छैन। त्यसैले तिमीले गर्वसाथ साथीहरुलाई यो कुरा भन्न सक्छौ।’

निलम्बनका दिन न थिए। कसैको बर्थडे होस्, ब्रतबन्ध होस् या मलामी, अंगुर फुर्सदिला थिए, त्यसैले जहीँतहीँ पुगिरहेका हुन्थे। लुकेर बस्न उनलाई मन थिएन। तर, बाहिर पुग्दा सबैबाट सोधिने उही प्रश्नले, उही जिज्ञासाले उनलाई खुब सताउँथ्यो। सबैलाई घटनाबारे स्पष्टीकरण दिँदा-दिँदा उनी हैरान हुन्थे। फोन त कति आउँथ्यो, आउँथ्यो। दिनहुँ सात–आठ घण्टा फोनमै व्यस्त हुन्थे उनी, गफ उही निर्मला प्रकरणमै हुन्थ्यो। 

‘मिडियाले मलाई अपराधी जसरी प्रस्तुत गरिरहेको हुन्थ्यो। मेरो आफ्नै अंकलले पनि मैले साँच्चै गल्ती गरेको ठान्नुभएछ। एकपल्ट मुखै फोरेर भन्नुभयो, ‘माथिल्लो तहबाट निर्देशन आएको भएर तैले अपराधी जोगाइस्, तर निर्देशन नमानेको भए पनि हुन्थ्यो नि,’ अंगुर सुनाउँछन्। 

‘मिडियाले मलाई अपराधी जसरी प्रस्तुत गरिरहेको हुन्थ्यो। मेरो आफ्नै अंकलले पनि मैले साँच्चै गल्ती गरेको ठान्नुभएछ। एकपल्ट मुखै फोरेर भन्नुभयो, ‘माथिल्लो तहबाट निर्देशन आएको भएर तैले अपराधी जोगाइस्, तर निर्देशन नमानेको भए पनि हुन्थ्यो नि,’ अंगुर सुनाउँछन्। 

आफ्नो पेशाप्रति गर्व गर्ने आफन्तहरुले पनि त्यो बेला अंगुरलाई अरुका सामु आफ्नो भन्न सकेनन्। एकपल्ट निर्मला पन्त प्रकरणलाई नै लिएर जापानमा उनको आफन्तको साथीहरुसँग बहस भएछ। साथीहरुले प्रहरीलाई दोषी देखाउँदा, उनका आफन्तले ‘अंगुर जीसी गलत होइन’ भन्दै बहस गरेछन्, तर नाताले आफ्नै पर्छ भन्न सकेनछन्। 

जब अंगुर यस्ता कुराहरु सुन्थे, खुब मन दुख्थ्यो। लाग्थ्यो, ‘मैले प्रहरीमा जागिर गरेर आफ्नाहरुलाई दुखाएँछु।’

निलम्बनमै परे पनि अंगुरले कहिल्यै सोचेका थिएनन्, यो घटनामा आफूमाथि मुद्दा नै लाग्ला भनेर। तर, दुई–दुईटा मुद्दा उनले खेप्नुपयो। एउटा, दीलिपसिंह विष्टलाई हिरासतमा राखेर यातना दिएको आरोप, जसमा उनीसहित अन्य तीन प्रहरी पनि प्रतिवादी थिए। अर्को, निर्मला पन्तको प्रमाण नष्ट गरेको मुद्दा, जसमा उनीसहित थप ७ जना प्रहरी प्रतिवादी थिए।  

दीलिपबारे उनकै टोलीले अनुसन्धान गरेको थियो, सोधपुछ गरेको थियो। त्यसैले उनलाई यातना दिएको आरोप लगाउनुसम्मलाई उनले स्वाभाविक नै लिएका थिए। तर, प्रमाण नष्ट गरेको मुद्दा लाग्ला, यो उनले अपेक्षा गरेका थिएनन्। जबक उनी ‘क्राइम सिन’मा उपस्थित नै थिएनन्। घटना घटेको तीन दिनपछि घटनास्थलमा पुगेका थिए। 

यसमा आरोप लाउनेहरुसँग उनको खास गुनासो थिएन, जति आरोपमा बल पुर्‍याइदिने आफ्नै संगठन थियो। उनलाई लागेको थियो, संगठनकै निर्देशनअनुसार अनुसन्धानमा खटिएकोले राम्रो काम गर्दा पक्कै संगठनले बचाउला। यो घटना कसरी राजनीतिकरण भइरहेको थियो, कसरी अफवाहहरु फैलिरहेका थिए, यसमा उनको प्रहरी संगठन र नेतृत्व जानकार पनि थियो। 

‘म चेन अफ कमान्डअनुसार चलेको थिएँ। सबै कुराको रिपोर्टिङ मेरो डीआईजीदेखि आइजीसा’बलाई थाहा थियो,’ अंगुर भन्छन्, ‘त्यसैले ममाथि लागेको मुद्दा प्रहरीले नै अदालतसम्म लग्ला भनेर त रत्तिभर सोचेको थिइनँ। जाहेरी त जसले पनि दिनसक्छ। तर, अनुसन्धान त प्रहरीले नै गर्ने हो। निवेदन झुटो हो कि सत्य, पक्कै अनुसन्धान गर्ला भन्ने लागेको थियो। तर, जब प्रहरीले नै दुइटै मुद्दा अदालतसम्म दर्ता गर्‍यो, मलाई छाँगाबाट खसेझैँ भयो।’

ममाथि लागेको मुद्दा प्रहरीले नै अदालतसम्म लग्ला भनेर त रत्तिभर सोचेको थिइनँ। जाहेरी त जसले पनि दिनसक्छ। तर, अनुसन्धान त प्रहरीले नै गर्ने हो। निवेदन झुटो हो कि सत्य, पक्कै अनुसन्धान गर्ला भन्ने लागेको थियो।

अंगुर निर्मला पन्तको हत्या अनुसन्धानका लागि कञ्चनपुर पुगेका थिए, तर विडम्बना आफै अनुसन्धानको कठघरामा उभ्याइए। उनको परिचय थियो, प्रहरी नायब उपरीक्षक। अदालतमा पुग्दा उनको परिचय पनि फेरियो। ‘प्र’ त रह्यो तर ‘प्रहरी’बाट ‘प्रतिवादी’ बनेर।

‘जब मलाई प्रतिवादी भनेर सम्बोधन गरिन्थ्यो, अदालतमा दुईदुईटा फौजदारी अपराधको अभियुक्त ठानेर व्यवहार गरिन्थ्यो, त्यसले मलाई खुब पोल्थ्यो,’ अंगुर सम्झन्छन्, ‘अरुबेला अदालतका कर्मचारीले मलाई नमस्कार गर्थे, सम्मान दर्शाउँथे भने त्यतिबेला मैले उनीहरुलाई नमस्कार गरिरहेको हुन्थे‌। मलाई चाँडै हाजिर गराइदिउन्, चाँडै पेशी तोकिदिउन् भन्ने लागिरहन्थ्यो।’

 मुद्दाकै क्रममा उनी करिब ३० पटक काठमाडौंबाट कञ्चनपुर धाए। आफ्नै संगठनले आफूलाई प्रतिवादी बनाएको मुद्दाले उनलाई खुब पीडा दियो। अदालतको कठघरामै उभिएरै उनले न्यायाधिशसमक्ष भनेका थिए, ‘श्रीमान्, मैले यो जागिर देशको सेवा गर्छु, अपराधी समाउँछु, अपराधीलाई कठघरामा उभ्याउँछु भनेर खाएको थिएँ, तर आज परिबन्धले आफै अभियुक्त बनेर यो कठघरमा उभिइरहेको छु। यो कहिल्यै मेरो अपेक्षाको विषय थिएन। म आफैले अपराध गर्छु, यो म कहिल्यै कल्पना पनि गर्न सक्दिनँ श्रीमान्।’


पहिलो सुनुवाइमा उनी अदालतमा हाजिर हुन सकेनन्। त्यसकारण जताततै उनका तस्बिरसहित खबर छाएको थियो, ‘अंगुर जीसी फरार।’ अपराधीसरह आउने ती खबरका ती तीखा शिर्षकहरुले उनको मुटु घोच्थ्यो। 

जब उनी जिल्ला अदालत कञ्चनपुरमा पहिलोपल्ट हाजिर हुन गए, बयान नसकिएका कारण उनलाई तीन दिन न्यायिक हिरासतमा राखियो। यसअघि उनले कैयौँलाई न्यायिक हिरासतमा ‘ह्याण्डल’ गरेका थिए, पहिलोपल्ट आफै परे। 

अदालतसम्म लाने–ल्याउने प्रहरीको त्यस्तै भ्यान हुन्थ्यो, जुन उनी निलम्बनमा पर्नुअघि ड्युटीका क्रममा चढिरहेका हुन्थे। ‘प्रहरीको भ्यानमा गस्ती हिँड्दा म अगाडिको सिटमा बसिरहेको हुन्थें,’ अंगुर सम्झन्छन्, ‘अघिपछि त्यो भ्यान मलाई डिएसपीको हैसियतमा लिन आइरहेका हुन्थ्यो तर त्यतिबेला प्रतिवादीको हैसियतमा आइरहेको थियो। म कहाँ बस्ने होला, अलमल हुन्थ्यो। एक असई साब हुनुहुन्थ्यो, मलाई अगाडि बस्नु भन्नुभयो। मैले मानिनँ। भनेँ, मैले त्यहाँ बस्ने हैसियत गुमाइसकेँ सर। अनि पछाडि गएर बसेँ।’

‘अंगुर जीसी न्यायिक हिरासतमा भनेर खबर आउँदा मलाई कति पीडा भयो होला?’ यो सम्झँदा अहिले पनि भक्कानिन्छन् उनी। त्यतिबेला उनले वृद्धा आमालाई दुःख दिएको महसुस गरेका थिए। 

तीन दिन न्यायिक हिरासतमा बसेको क्षण अंगुरका लागि तीन सय वर्षजस्तै भएको थियो। ‘अंगुर जीसी न्यायिक हिरासतमा भनेर खबर आउँदा मलाई कति पीडा भयो होला?’ यो सम्झँदा अहिले पनि भक्कानिन्छन् उनी। त्यतिबेला उनले वृद्धा आमालाई दुःख दिएको महसुस गरेका थिए। 

अंगुरलाई लाग्छ, त्यतिबेला निर्मलालाई बलात्कार गरेर हत्या गर्ने हत्याराभन्दा ठूलो अपराधी आफूलाई बनाइयो। हिरासतमा हुँदा अंगुरलाई मनमनै जेल नै पठाइदेलान् कि भन्ने भय पनि थियो। कतै सुनकाण्डमा तत्कालिन एसएसपी दिवेश लोहनीहरुलाई मुछेर पुर्पक्षका लागि जेल पठाएजस्तै हामीलाई पनि त्यही गर्ने हुन् कि, उनलाई डर थियो। तर, अदालतले त्यतिबेला ९ लाख धरौटीमा रिहा गर्‍यो। उनीसँग उनका बहिनी र ज्वाइँ पनि त्यहाँ गएका थिए। उनीहरुले नै पैसा व्यवस्थापन गरेपछि उनी रिहा भए। 

०००

जतिबेला निर्मला पन्तको प्रकरणमा अंगुर अनुसन्धान गरिरहेका थिए, त्यतिबेला उनलाई लागेको थियो– ‘अनुसन्धान सही ट्रयाकमा छ, हाम्रोको टिमको हाइ हाइ होला।’ तर, उल्टै अभियुक्तको बिल्ला भिरेर अदालतको कठघरामा उभिनुपर्‍यो। 

त्यतिबेला संगठन, सरकार, सरकारी वकिल, मिडिया, आम जनता धेरै उनको विपक्षमा थिए। उनलाई लाग्थ्यो, सारा संसारविरुद्ध म एक्लै लडिरहेको छु।  

निलम्बनकै बेला उनीमाथि मुद्दामात्रै चलिरहेको थिएन, तत्कालीन डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा छानविन पनि भइरहेको थियो। प्रहरी एकेडेमीको भवनमा बोलाएर बयान लिइन्थ्यो। उनीसँगै निलम्बनमा परेका केही सहकर्मीलाई त नजरबन्दमा जस्तै गणमा राखिएको थियो मोबाइल खोसेर परिवारसँग पनि कुरा गर्न नदिइ। जेलभन्दा कम यातना थिएन त्यो। त्यसैले अंगुरलाई सधैं लागिरहन्थ्यो– ‘छानविन टोलीले बुझाउने प्रतिवेदनले पनि हामीलाई अपराधी नै देखाउने हो कि?’

०००

निलम्बनकै बखत अंगुरका कतिपय साथीहरु विभिन्न ठाउँमा इन्चार्ज भएर काम देखाइरहेका थिए। कतिपय विदेश तालिममा गइरहेका थिए। तर, उनी कर्मबाट वञ्चित थिए। 

प्रहरीमा उनका धेरै सहकर्मी साथीहरुले मिसनमा गएका बेला भिसा अप्लाइ गरेर पछि जागिर छाडेका छन्। तर, उनले दुईदुई पल्ट लाइबेरिया र सुडान मिसनमा जाँदा पनि त्यस्तो सोचेनन्। प्रहरी सेवामै समर्पित हुन्छु भन्ने भाव नै बोकिरहे। 

तर, जब निलम्बनमा परे, त्यसपछि उनलाई पटकपटक लागिरह्यो– मैले पनि अमेरिकाको भिसा अप्लाइ गरेको भए? कहिले क्यानेडाको पिआर अप्लाइ गर्ने सोच पनि आयो। जर्मनीमा रहेका जेठानबाट आफू कार्यरत कम्पनीको भियनताम शाखाका लागि म्यानेजरको अफर पनि आयो। 

‘म कतै चुकेँ कि? कहीं गल्ती भयो कि? मैले जसलाई दोषी देखें, ऊ दोषी छैन कि? हरेक दिन मैले आफू र आफ्नो अनुसन्धानलाई यस्तै दृष्टिबाट हेर्न खोजिरहें।’

तर, मुद्दा झेलिरहेकाले तत्काल त्यो सम्भव थिएन। त्यसैले मुद्दाको किनारा लाग्ने दिन नै कुरिरहे। पर्खिरहे। 

अंगुर फुर्सदका बेला किताब पढ्न खोज्थे तर ध्यान बरालिन्थ्यो। त्यसैले धेरैजसो निलम्बनको समय उनले टिभी हेरेरै बिताए। प्रहरी सेवाबाट निलम्बनमा परेपनि उनी निर्मला प्रकरणबाट टाढिएनन्। आफ्नो तर्फबाट यो विषय र विमर्शका विभिन्न आयामहरुबारे अद्यावधिक भइरहे। आफ्नाबारे तयार पारिएका आरोपको वस्तुनिष्ठताको कारण खोजिरहे। ‘म कतै चुकेँ कि? कहीं गल्ती भयो कि? मैले जसलाई दोषी देखें, ऊ दोषी छैन कि? हरेक दिन मैले आफू र आफ्नो अनुसन्धानलाई यस्तै दृष्टिबाट हेर्न खोजिरहें।’ तर, आज पनि अंगुरलाई आफूले गरेको त्यो अनुसन्धान सहि छ भन्ने लाग्छ । 

खासमा दीलिपसिंह विष्टको डिएनए नमिलेपछि अंगुरको टोलीले गरेको अनुसन्धान गलत भनिएको थियो। त्यतिबेला अंगुरले डिएनए परीक्षणमाथि प्रश्न उठाएका थिए। ‘त्यतिबेला धेरैले अंगुर जीसी बौलायो भने,’ उनी सम्झन्छन्, ‘विज्ञानलाई चुनौती दिएको कुरा आयो। तर, पछि राष्ट्रिय मानवअधिकार आयोगले पनि डिएनए संकलनमा त्रुटि भएको औँल्याएरै छाड्यो। जसलाई विर्य भनेर परीक्षण गरिएको थियो, त्यो वीर्य हो भने कुनै पनि प्रमाणबाट पुष्टि भएन। त्यसपछि हो, मलाई म मुद्दा जित्छु भन्ने फिल भएको। मेरो अनुसन्धान सही ट्रयाकमा थियो भन्ने फिल भएको। तर, विडम्बना त्यसपछि पनि दीलिप सिंह विष्टलाई पक्राउ गरेर अनुसन्धान गरिएन।’

०००

निलम्बनमा परेको बखत जब अंगुर प्रहरीको भ्यान देख्थे, उनी झस्किन्थे, कतै यिनीहरुले मलाई नै पछ्याइरहेका त होइनन्?’

एक वर्षसम्म त धेरैको नजरमा उनी दोषी नै भए। जब पहिलोपोस्टमा उमेश श्रेष्ठ र सविन ढकालले निर्मला प्रकरणमाथि सिरिजमा स्टोरी लेखे, जब रवि लामिछानेको कार्यक्रममा अन्तरवार्ता दिए, त्यसपछि धेरै अफवाहहरु चिरिएको र आफूले राहत महसुस गरेको बताउँछन् अंगुर।  

त्यसपछि संगठनकै भूपू आइजीपी, सिनियर प्रहरी अधिकारीहरुबाट पनि उनलाई थुप्रै सान्त्वनाकाे  फोन आयो। सबैले भन्थे, ‘तिमीमाथि अन्याय भयो, तिम्रो पक्षमा संगठनले बोलिदिएन।’ यस्ता प्रतिक्रियाले उनको निराश मनमा एकछिन भए पनि उर्जा थप्थ्यो। 

अंगुरका ०५४ साल चैत १६ गते प्रहरी सहायक निरिक्षकका रुपमा यो सेवामा नियुक्त भएका हुन्। त्यसपछि ०६१ जेठ १५ मा उनले इन्सपेक्टरमा नाम निकालेका थिए। अहिले डिएसपी भएको ५ वर्ष बित्यो। 

साथीकै लहैलहैमा उनले प्रहरीको फर्म भरेका थिए। तर, सानैदेखि मनको भित्री कुनामा कतै प्रहरीप्रतिको मोह भने थियो। कुनै बेला उनका जेठा फुपाजु प्रहरीमा थिए। सब इन्स्पेक्टर थिए, तर रसुवाका इन्चार्ज थिए। प्रहरीका सिपाहीहरुले त्यहीबेला आफूलाई काखमा राखेर खेलाएको धमिलो सम्झनाहरु अझै उनको मस्तिष्कमा छन्। 

निर्मला पन्तको हत्या भएको आज तीन वर्ष बितिसक्यो। यो केसलाई जसरी जटिल बनाइयो, त्यो स्विकार्दैनन् उनी।  ‘यो अनुसन्धान सफल भएकै मुद्दा हो नत्र प्रहरीको सबै शक्ति प्रयोग भइसक्दा पनि किन अर्को अपराधी उभ्याउन सकिएन?’ उनी प्रश्न गर्छन्, ‘छँदै छैन त कसरी आउँछ? घटनाको हिसाबले यो जघन्य अपराध हो। तर, अनुसन्धानको दृष्टिमा यो त्यस्तो जटिल थिएन। जटिल त बनाइएको मात्र हो।’

‘पब्लिक सपोर्ट’ नभएका कारण पनि अनुसन्धान त्यतिबेला जटिल बनाइएको उनको बुझाइ छ। यतिसम्म कि उनले निर्मलाकी आमासँग एक्लै सोधपुछ गर्न पनि पाएनन् त्यतिबेला। पीडितसँग सजिलै पाउनुपर्ने सूचना पाउन पनि विभिन्न स्रोत प्रयोग गर्नुपर्दा सात दिन लागेको थियो। 

०००

०७७ साउन १५ गते जिल्ला अदालत कन्चनपुरबाट निर्मला पन्त प्रकरणमा मुछिएका अंगुर जीसी लगायत चार प्रहरीले एकैदिन सफाइ पाए। त्यही दिन उनले सयौं फोन रिसिभ गरे। आफन्त, साथीभाइ र संगठनका सहकर्मीहरुले मात्र होइन, उनलाई कहिल्यै प्रत्यक्ष नदेखेका व्यक्तिहरुले पनि बधाइ दिँदै फोन गरे।

अंगुर अहिलेसम्म आफूले वास्तविक न्याय पाएको महसुस गर्दैनन्। मनमा कहिल्यै नमेटिने चोट लागेको छ । यस्तो लाग्छ, संगठनले अहिलेसम्म कुनै राम्रो जिम्मेवारी नदिँदा त्यो झन् बल्झिएको छ। 

तैपनि अंगुर अहिलेसम्म आफूले वास्तविक न्याय पाएको महसुस गर्दैनन्। मनमा कहिल्यै नमेटिने चोट लागेको छ।  यस्तो लाग्छ, संगठनले अहिलेसम्म कुनै राम्रो जिम्मेवारी नदिँदा त्यो झन् बल्झिएको छ।  त्यसैले प्रहरी सेवामा दमदार ‘कमब्याक’ को पर्खाइमा छन्, उनी। संगठनले उनको क्षमता चिनेकै छ, त्यहीअनुसार जिम्मेवारी देला भन्ने लागेको छ। सफाइ साउनमा पाए पनि असोजको अन्त्यतिर गृह मन्त्रालयले उनको निलम्बन फुकुवा गरेको थियो। त्यसपछि कात्तिक १ गतेबाट उनी कार्यालयमा हाजिर भएका छन्। 

निलम्बनका दुई वर्ष भोगेको पीडाले उनलाई जति दुखेको छ, त्यति नै खुसी अदालतले दिएको न्यायबाट मिलेको छ। जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाले गरेको फैसलाले ‘अफवाहको पछि लागेर, हुँदै नभएको मनगढन्ते कुराहरुलाई लिएर कर्तव्य पालनमा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृत उपर उनीहरुको मान प्रतिष्ठा र वृत्ति विकासमै गम्भिर असर पर्ने गरि अभियोजन गरेको’ ठहर गरेको थियो।

फैसलाको पूर्ण पाठमा यो पनि भनिएको छ, ‘केही वर्ष अगाडि अमेरिकामा २० वर्षभन्दा बढी जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निर्दोष ठहराएपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो मुद्दामा अध्ययन, अनुसन्धानका क्रममा गम्भिर त्रुटि भएको भनी राज्यका तर्फबाट सार्वजनिक रुपमा माफी मागेको कुरा सञ्चारमाध्यमहरुमा देखिएको थियो।

कर्तव्य पालनमा खटिएका र कानुन बमोजिमको जिम्मेवारी बहन गरिरहेका व्यक्तिहरु उपर बजारु हल्ला र तथ्यहीन तथा प्रतिवेदन पुष्टि नहुने झुटा एवम् मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृत उपर अभियोजन गर्ने, गर्न निर्देशन गर्ने व्यक्तिहरुले उक्त अमेरिकन राष्ट्रपति ओबामाले गरेको व्यवहारको मनन र अनुशरण गर्न सक्नु पर्दछ। तबमात्र राष्ट्र सेवकले उच्च मनोबल र आत्मसम्मानका साथमा कर्तव्य पालनमा खट्न सक्ने हुन्छ।’

तर, निर्मम ७ सय ६० दिन विताएका अंगुर र उनका साथीहरुसँग यो राज्यले बाराक ओबामाले झैं माफी माग्ला? 

प्रकाशित: Jul 26, 2021| 14:47 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्