बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद, चीन जहाज दुर्घटनामा १३२ जनाकै मृत्यु! [२०७८-१२-१३]

चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद, चीन जहाज दुर्घटनामा १३२ जनाकै मृत्यु! [२०७८-१२-१३]

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

बीआरआईमा भएन प्रगति

triton college

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। शुक्रबार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री यी आइतबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका हुन्। 

परराष्ट्र सचिव भरतराज पौड्यालले विदेशमन्त्री यीलाई  विमानस्थल पुगेर बिदाइ गरेका थिए। विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न दलका नेतासँग भेट गरेका थिए। 

अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदबाट अनुमोदन भएपछि कार्यान्वयनको चरणमा प्रवेश गरेलगत्तै भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणले बीआरआईमार्फत् कडा जवाफ दिने अपेक्षा गरिएको थियो।एमसीसीको संसदीय अनुमोदन रोक्‍नका लागि भूमिका खेलेको चीनले एमसीसीलाई 'प्यान्डोरा बक्स'को संज्ञा दिएको थियो। यसपछि चीन र अमेरिका वाक्युद्धमा नै उत्रिएका थिए। 

बीआरआई परियोजनाका विषयमा कम्तीमा औपचारिक छलफल प्रारम्भ गर्ने र परियोजना कार्यान्वयनको सुनिश्‍चितता गर्ने चिनियाँ रणनीति थियो। तर यो विषयमा खास प्रगति हुन सकेन। बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको ५ वर्ष बितिसक्दा पनि परियोजनाका काम अघि बढ्न सकेका छैनन्। 

corrent noodles
Metro Mart

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बीआरआईलाई वार्ताको एजेन्डा बनाउने कुरा चलेको थियो, पछि यसमा अध्ययन गर्नुपर्ने देखिएकोले यसबारे अहिले कुनै कुरा अघि बढ्न नसकेको बताएको छ। बीआरआईमा कार्यान्वयनमा 'ब्रेक थ्रु' विश्वास लिएर काठमाडौं प्रवेश गरेका वाङ यीको भ्रमणले बीआरआईका सन्दर्भमा पनि निराश बनाएको छ। 

परराष्ट्र मन्त्रालयले पनि चीनले दूतावासमार्फत परियोजना कार्यान्वयन योजनाको बारेमा जानकारी गराइसकेको बताएको थियो। तर, आइतबार सिंहदरबारमा भएको परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको मन्त्रीस्तरीय वार्तामा भने बीआरआईले प्रवेश नै पाएन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बीआरआईलाई वार्ताको एजेन्डा बनाउने कुरा चलेको थियो, पछि यसमा अध्ययन गर्नुपर्ने देखिएको छ।

सिंहदरबारमा शनिबार भएको मन्त्रीस्तरीय वार्तापछि विभिन्‍न ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री डा नारायण खड्काले दुई पक्षीय चासोका विविध विषयमा चिनियाँ समकक्षीसँग कुराकानी भएको जानकारी दिएका छन्। 

 तर, बीआरआईसम्बन्धी परियोजनाका सन्दर्भमा भने कुनै पनि विषय समावेश छैनन्। परराष्ट्रका मन्त्रालयका अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट आएको प्रतिवेदनमा दिइएका सुझावका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकोले पराष्ट्रमन्त्री डा. खड्काले नै अध्ययन हुन बाँकी भएकोले अहिले एजेन्डामा राख्‍न नसकिने बताएका थिए। बीआरआई अन्तर्गत कुनकुन परियोजनाका काम गर्ने विषय पनि टुंगो लागेको छैन।  

नेपालले बीआरआई परियजनाका लागि सकेसम्म अनुदान र नभए दुई प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराओस् भन्‍ने चाहना राखेको छ। तर, चिनियाँ पक्षले भने लगानीको मोडालिटी प्रष्ट पारेको छैन। यही कारण बीआरआईसम्बन्धी कुरा हुन नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीको भनाइ छ। 

बीआरआईका विषयमा कुनै औपचारिक छलफल नहुने भएपछि चिनियाँ पक्षले निर्माण सम्पन्‍न हुन बाँकी रहेको पोखरा विमानस्थल हस्तान्तरण गरेर चीनले पनि नेपालको विकासमा काम गरिरहेको देखाउन खोजेको देखिन्छ। आइतबार परराष्ट्रमन्त्री डा. खड्कासँगको भेटवार्तापछि चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाललाई पोखरा विमानस्थल निर्माणको चाबी हस्तान्तरण गरेका थिए। यद्पि यो परियोजनाको ७ प्रतिशत काम अझै बाँकी छ। 

बीआरआईका सन्दर्भमा उल्लेख्य प्रगति नभएपनि नेपाल र चीनबीच ९ बुँदे समझदारी भएको छ। आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

नेकपा एमाले अध्यक्ष ओली चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपालसँगकानाका खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लैजान र हुम्ला पारी अलपत्र परेका करिव ५ सय जना नेपालीहरुलाई नेपाल आउने व्यवस्था मिलाइदिन आग्रह गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। 

यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका विषयमा चर्चा भएको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए

चिनियाँ विदेशमन्त्री वाङ यी ३० महिनापछि दोस्रो पटक तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार बेलुका काठमाडौं ओर्लिएका थिए। उनी यसअघि ८-१० सेप्टेम्बर २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीका लागि आएका थिए।

दक्षिण एसियाको टुरमा रहेका चिनियाँ विदेशमन्त्री मार्च २१ मा पाकिस्तान ओर्लिएका थिए। तीनदिने पाकिस्तान भ्रमण सकेर अफगानिस्तान हुँदै मार्च २४ मा नयाँ दिल्ली अवतरण गरेका उनी मार्च २५ मा काठमाडौं उत्रिएका हुन्। नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उनले भेट गरेका थिए। 

कांग्रेसमा मतभेद

आगामी स्थानीय चुनावमा तालमेल गर्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको दलभित्र तीव्र मतभेद देखिएको छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई जोगाएर चुनावमा पनि सत्ताकै सहयात्रीहरूसँग तालमेल गर्नुपर्ने बताइरहेका बेला संस्थापनइतरका नेताहरूले भने गठबन्धन गर्न नहुने पक्षमा धारणा राखिरहेका छन्। 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरू नै चुनावी तालमेलका विषयमा विभाजित भएका हुन्। केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको निर्णय लिने जिम्मेवारी तल्लो तहलाई नै दिनुपर्ने धारणा राखेका छन्। 

कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले भने आवश्यकताको सिद्धान्तका आधारमा चुनावमा तालमेल हुने बताए।  'आवश्यकताको सिद्धान्तका आधारका गठबन्धन हुन्छ। बढीभन्दा बढी सिट जित्ने गरी नेपाली कांग्रेसले चुनावी तालमेलका विषमया निर्णय गर्छ,' उनले भने।

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले चुनावी तालमेल देशको आवश्यकता भएको दाबी गरे। कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्रेसले  माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरे। 

कांग्रेस नेतृ सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेरै जानुपर्ने बताइन्। शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका थिए।

बैठकमा हालसम्म ५६ जनाले धारणा राखेका छन्। सोमबार बैठक समापन हुने र सोमबारै निर्णय सार्वजनिक गरिने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 

लगानी सम्झौता

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । 

आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा उपस्थित भएका अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै  प्रविधि पनि ल्याउन आवश्यक रहेको औँल्याए। मन्त्री शर्माले विदेशी लगानी ल्याउनको लागि  केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको समेत बताएका छन्।

लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको विषयलाई पनि बेरुजु भन्न थालेकोप्रति गुनासो गरे। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए। 

त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताएइन्। 

नेपाल उद्योग वाणिज्य महासंघले लगानीको बातावरण बनाउन लगानीकर्तालाई सहजीकरण गर्न एक सहायता केन्द्र स्थापना गर्न लागिएको कार्यक्रममा जानकारी गराइएको थियो। 

ओलीप्रति नेपालको आक्रोश

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गर्दै ओली प्रवृति तानाशाह र हिटलर भएको आरोप अगाएका छन्।

आईतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन्।  अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी समेत गरे । उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोप लगाएक छन । 

अध्यक्ष नेपालले कम्युनिष्ट भएकाले सबै तानाशाह नहुने तर पात्र विशेष तानाशाह प्रवृति जन्मीएको भन्दै ओली तर्फ सेंकत गर।  बैठकमा अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको दाबीसमेत गरेका छन। 

बढ्यो कारोबार 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४१.४३ अंकको गिरावट भएर २५७२.२३ बिन्दुमा झरेको छ। 

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। आइतबारको कारोबार फागुन महिनायताकै उच्च हो। आइतबार कारोबारमा आएका २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

दोहोरो अंकले घटेर राताम्मे भएको सेयर बजारमा पाँच वटा कम्पनीहरुको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेनस, जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।

जहाजका सबैको मृत्यु!

चीनमा गत सोमबार दुर्घटना भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ। 

विमानमा १ सय २३ यात्रु र नौ जना चालक दलका सदस्य गरी १ सय ३२ जना सवार रहेकोमा सबैको मृत्यु भएको पुष्टि गरिएको हो। 

चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट ग्वान्झाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो। २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरूले गरेका थिए।

कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान गत सोमबार दिउँसो २:३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो। ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ।


प्रकाशित: Mar 27, 2022| 20:59 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।