बिहीबार, माघ १, २०८२

‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) को आयोजनामा नेपालमै पहिलोपटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ शुरु भएको छ। इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) को आयोजनामा नेपालमै पहिलोपटक राजधानीको होटल र्‍याडिशनमा विहान ९ बजेदेखि ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ सुरु भएको हो।

यो समिटको मूल नारा बिल्डिङ्ग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स रहेको छ। समिटको मूख्य सहभागीहरु सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरु, र विभिन्न क्षेत्रका सिकारुहरु हुने आयोजकले जानकारी दिएका छन्।

यसअघि नास्टमा समिटको पहिलो दिन शुक्रबार, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्री–समिट वर्कसप आयोजना गरिएको थियो। वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्‍न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए। जसमा सिस्को, इसी काउन्सिल, चेक प्वइन्ट सफ्टवेयर टेक्नोलोजिज, लग प्वइन्ट, पेनटेस्टर कम्युनिटी, वाप्स कम्युनिटी, लावा लगायतका संस्थाहरुबाट विज्ञहरुको उपस्थिति रहेको थियो।

समिटको अवधिभर सहभागीहरु साइबर सुरक्षासम्बन्धि विषयहरुमा छलफल र अनुभव आदानप्रदान गर्नेछ भने यो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध विस्तारको अवसर पनि हुनेछ।

यो समिटको उद्धेश्य साइबर सेक्यूरिटीको क्षेत्रमा भएका फरक फरक ज्ञान र सिपका साथै विभिन्न अनुभवहरु एक आपसमा साट्नु हो। समिटले नयाँ पुस्तालाई ससक्त बनाउनेछ र विश्वभरबाट आउने विभिन्‍न सरोकारबाला निकायहरुलाई एकै थलोमा समेट्नेछ।यसले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...