बिहीबार, माघ १, २०८२

मंगलग्रहमा पनि भेटियो पानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–पृथ्वी बाहेकका ग्रहमा पनि मानववस्तीको सम्भावना खोज्दै अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले नयाँ खोज र अनुसन्धान सार्वजनिक गर्दै आएका छन् । 

पछिल्लो समय इटालियन वैज्ञानिक रोबार्ट ओरोसीले पनि लामो समयको अध्ययन र अनुसन्धानपछि मंगलग्रहमा पानी रहेको तथ्य सार्वजनिक गरेका छन् ।
 
बोलोग्नाको इन्टिच्युट नाजिओनाले डी एस्ट्रोफिसिका मार्फत गरेको अनुसन्धानका क्रममा अनुसन्धानकर्ता ओरोसी र उनका साथीहरुको टोलीले मंगलग्रहमा पानीको तलाउ भेटिएको पुष्टि गरेको हो ।

मंगल ग्रहको दक्षिणी ध्रुवमा आईसको २० किलोमिटरमा फैलिएको बरफको यो तलाउ एक किलोमिटर गहिरो छ । 

सन् २०१२ देखि सन् २०१५ सम्म मंगलग्रहका बारेमा गरेको अध्ययन र खोज अनुसार यो कुरा पत्ता लागेको वैज्ञानिक ओरोसीको टोलीले जनाएको छ । मानववस्तीको विकासका लागि आवश्यक विशेषता नभएपनि पानीको सतहदेखिनुले यसलाई महत्वका साथ हेरिएको वैज्ञानिकहरको भनाई छ । 

पानी कहिलेदेखि जम्मा भएको थियो भन्ने बारेमा भने यकिन तथ्य आउन बाँकी रहेको छ । यस अघि मंगलग्रहमा पानी छ भन्ने अनुमान गरिएपनि ठूलोमात्रामा पानी रहेको पत्ता लागेको यो नै पहिलो हो ।
 
बरफका रुपमा रहेको पानी निक्कै नुनिलो भएको पनि टोलीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...