बुधबार, वैशाख १९, २०८१

हुवाइले ल्यायो २४ एआई क्यामरा भएको नोभा सिरिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनियाँ फोन उत्पादक कम्पनी हुवाइले नोभा सिरिजअन्तर्गतका पछिल्लो स्मार्टफोनहरू, नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ। 
सार्वजनिक गरिएका फोनहरु आकर्षक डिजाइनका, अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली-एसओसी जडान गरिएको छ।
    
बेजोड अल कवाड क्यामरा जडान
 
अहिलेको समयमा आफ्नो जीवनका हरेका क्षणहरूलाई मानिसहरूले फोटोमार्फत कैद गर्छन्। त्यसलाई मध्यनजर गर्दै कम्पनीले नोभा स्मार्टफोनहरूमा फोटो खिच्ने क्षमतामा सुधार गरेको बताएको हो।
 
हुवाइ नोभा थ्री तथा हुवाइ नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिभिसल इन्टेलिजन्स एआई क्षमता भएको प्रणाली समेत जडान गरिएको  बताइएको छ। जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ  उचाईमा पुर्‍याउने कम्पनीको दावी छ।
 
हुवाइ नोभा थ्री तथा नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरूमा २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडान गरिएको छ। प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट गरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ फोटो खिच्ने कम्पनीको भनाइ छ।
 
कम्पनीको अनुसार क्यामरामा भएका दुई वटा सेन्सरहरूले उत्कृष्ट फोटोहरू खिच्छन् । सेल्फी खिच्ने मजालाई बढाउन हुवावेका ती दुवै फोनमा दृश्य चिन्ने क्षमता राखेको बताएको छ ।

हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुई वटा एफ-१.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र नभइ ती तस्वीरहरूमाथि नियन्त्रण पनि राख्ने कम्पनीले जनाएको छ। 

त्यस्तै नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू जडित छन्। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर छन्।  
उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हुवावेलाई फेसनेबल समेत बनाएको कम्पनीको भनाइ छ।

विशेषता
 
दुवै स्मार्टफोनहरूमा पछिल्लो पुस्ताको विशेषताहरू छन्। जसमा ६.३ इन्च एफएचडीं प्लस (२३४० गुणा १०८०) १९.५:९ को फूल भ्यू छ। यी विशेषताहरुका कारण स्मार्टफोनहरूले ठूलो र स्पष्ट फोटोहरू खिच्छन् । पहिलेका संस्करणका स्मार्टफोनहरूभन्दा यी दुवै स्मार्टफोनहरू आकर्षक र पातलो छन्। 

एआई अग्मेन्टेड 

हार्डवेयर सम्बन्धि दुवै स्मार्टफोनमा हुवावे फोनहरूमा हुने प्रणाली किरिन एसओसी जडान गरिएको छ। दुई एसओसीले हुवाईको आर्टिफिसियल इन्टेलिजन्स क्षमतालाई वृद्धि गर्ने मात्र नभई सबैभन्दा अग्रणी इमेज प्रोसेसिङ स्पीड तथा एकुरसी पाउन सकिन्छ। त्यसले प्रयोगकर्ताहरूलाई हाई टेक अनुभव प्रदान गर्ने कम्पनीको दावी छ।

हुवाई नोभा थ्री आईमा किरिन ७१० एसओसी जडित छ। जुन हुवाईको पहिलो १२ एनएम चिप हो। यसमा सुधारिएको इमेज सिग्नल प्रोसेसर आइएसपी राखिएको छ। भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर डीएसपी रहेको छ।
 
एन्ड्रोइड ओमा आधारित इएमयूआई ८.२ मा सञ्चालित हुन्छ। यसले विभिन्न उच्च विशेषताहरू मार्फत एआईलाई अनुभव गर्न प्रयोगकर्ताहरूलाई सहज पार्दछ। दुवैमा सपोर्ट गर्ने धेरै एआई विशेषताहरूमध्ये एआई सपिङ तथा स्मार्ट ग्यालरी पनि हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...