बिहीबार, असार ४, २०८३

खप्तड अर्थात् भू-स्वर्ग [तस्बिरहरू]

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत आकर्षक गन्तव्य हो।
 |  सोमबार, फागुन ९, २०७८

भीम चौधरी

भीम चौधरी

सोमबार, फागुन ९, २०७८

धनगढी- बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। २२ वटा पाटन र ५३ वटा थुम्काले यहाँ सुन्दरतालाई भू-स्वर्ग नै तुल्याइदिएका छन्।

National life

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत आकर्षक गन्तव्य हो। समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

हिउँदे याम भएकाले यतिबेला खप्तड हिउँले सेताम्य छ। जेठ सुरु भएसँगै यहाँका फाटमा रंगीचंगी फूल फुल्न गर्छन्। खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू रहेका छन्।

Shivam cement

प्रकाशित: Feb 21, 2022| 09:53 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।