बुधबार, कात्तिक ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तीन हजार किलो कोकिन बोकेर युरोप पुगेको पहिलो पानीजहाज पक्राउको कथा

तीन हजार किलो कोकिन बोकेर युरोप पुगेको पहिलो पानीजहाज पक्राउको कथा

मोटो कदका तीन जनाले केवल डेढ वर्गमिटर क्षेत्रफल भएको पनडुब्बीमा २७ दिनसम्म सामुद्रिक यात्रा गरे। पानीभित्र चल्ने उक्त सानो जहाजमा यताउति चल्ने मिल्ने ठाउँसम्म पनि थिएन। बन्दोबस्तीका लागि लगिएका सामानमाथि सुतेर उनीहरूले २७ दिन कटाएका थिए।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

मोटो कदका तीन जनाले डेढ वर्गमिटर क्षेत्रफल भएको पनडुब्बीमा २७ दिनसम्म सामुद्रिक यात्रा गरे। पानीभित्र चल्ने उक्त सानो जहाजमा यताउति चल्ने मिल्ने ठाउँसम्म पनि थिएन। बन्दोबस्तीका लागि लगिएका सामानमाथि सुतेर उनीहरूले २७ दिन कटाएका थिए। 

पनडुब्बीको बाथरूममा पानीको सुविधा थिएन। यसकारण उनीहरूले आफूलाई हल्का गराउन ब्यागको प्रयोग गरेका थिए। सास जोगाउनका लागि उनीहरू बट्टाबन्द खानेकुरा, इनर्जी ड्रिंक्स र रेड बुलको सहारा लिए। 

यात्राका क्रममा उनीहरूको शरीरमा राता डाबर निस्किए। त्यति लामो यात्रामा भिजेका लुगा लगाउनुपरेकाले उनीहरूको छालामा यस्तो समस्या भएको थियो। बाहिरी संसार नियाल्नका लागि पनडुब्बीमा ६ वटा स-साना झ्याल (दुला) थिए। 

सन् २०१९ को अक्टोबर-नोभेम्बरमा एटलान्टिक महासागरमा ब्राजिलदेखि युरोपसम्म ३ हजार ५ सय नटिकल माइलभन्दा बढी दूरीको कष्टपूर्ण यात्रा यी तीन जनाले गरे। फाइबर ग्लासबाट बनेको सानो पनडुब्बीमा २७ दिन यात्रा गरेका उनीहरुको साहसिक यात्राको विषय भने 'सन्दिग्धपूर्ण' थियो। 

पनडुब्बीमा बाटो पत्ता लगाउने कुनै विद्युतीय उपकरण जडान गरिएको थिएन। थियो त केवल परम्परागत स्याटेलाइन फोन र ड्यासबोडरमा कम्पास मात्र। 

यात्राका क्रममा तीन जनाले पनडुब्बी बिग्रिरहने झन्झट र भयानक सामुद्रिक तुफानको खतरा सामना गरिरहे। एक पटक त उनीहरुको सानो पनडुब्बी ठूलो पानीजहाजसँग ठोक्किएको पनि थियो। आफ्नो जहाज ठोक्किन लाग्यो भन्ने थाहा भएपछिको थोरै समयमा उनीहरूले कैयौँ पटक 'मरेको अनुभव' गरे। 

प्रकाशित: Jan 28, 2022| 08:02 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्