सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • फेरि बढ्यो कोरोना संक्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द [२०७८–९–२२]

फेरि बढ्यो कोरोना संक्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द [२०७८–९–२२]

आज एकै दिनमा ५४० जनामा कोराना संङ्क्रमण पुष्टि भएको छ। १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, पुस २२, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

बढ्यो कोरोना संक्रमण

sagarmatha cement

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो ५ दिनमा कोरोना संक्रमण दोब्बरभन्दा धेरैले बढेको छ। यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ। आज एकै दिनमा ५४० जनामा कोराना संङ्क्रमण पुष्टि भएको छ। १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको हो। पुष १८ गते आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार ३२६, मंगबार ३९३ र बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

हरेक दिन संक्रमितको संख्या करिब एक सयले बढ्दै गएको छ। बितेको ५ दिनमा सङ्क्रमण दर १.६३ प्रतिशतले बढेको पाइएको छ। यो तथ्यांकअनुसार आगामी दिनमा सङ्क्रमण दर बढ्न सक्ने देखिएको छ। सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको हो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३१ रहेको छ। 

प्रचण्डले रोके भेटघाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि भेटघाट रोकेका छन्।

उनको सचिवालयले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। प्रचण्डले कोरोना संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोकेका छन्। पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना देखिएको छ। 

साथै प्रचण्डले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने भएका छन्। आठौं महाधिवेशनबाट प्रचण्ड फेरि अध्यक्ष भएपछि बधाई तथा शुभकामना दिनेहरू खुमलटार जाने क्रम बढेको थियो। कोरोना संक्रमण जोखिम हुने भएकोले भौतिक रूपमा भेटघाट बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। 

रोकियो देउवाको भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ। भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो। जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो।

जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो। प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ। 

गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो।

सरकारी वकिलको कार्यालय पुग्यो ललिता निवास जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो। 

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनँले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए। 

उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए।

नारायणहिटीमा रेस्टुरेन्ट निर्माणबारे छानबिन समिति गठन

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ। 

बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो। सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए। 

उनका अनुसार समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई दिइएको छ। लुइँटेलका अनुसार सो समितिले नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैध र कति अवैध छ, त्यहाँ रेस्टुरेन्ट आवश्यक छ कि छैन ? सम्झौता विपरीत कुनै काम भएको छ कि छैन र सम्झौताकै वैधानिकता कति छ ? भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाएको बताएका छन्।

बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउनु बताएका हुन। उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफु छलफलमा रहेको बताए।

उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताएका हुन। 

निजगढ विमानस्थल बनाउन जोड

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो विमानस्थल निर्माणलाई गति दिनुपर्ने धारणा राखेका थिए। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरुको सहमती भएको बताए। मन्त्री आलेले बस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै सो को लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने बताए। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुको सहभागिता रहेको थियो। 

गृहमन्त्रीले गरे सुरक्षा समितिसँग छलफल

गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन्। मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन्। 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोईरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए। उनँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल बताए। 

सहसचिव कोईरालाले बैठकमा सुरक्षाको विस्तृतीकरणको विषयमा पनि छलफल भएको बताए। 

मेडिकल कलेजमा समस्या समाधान गर्न मन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिएका छन्। बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गरेका हुन्। 

मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरुसँग वार्ता गरेर तत्काल समस्याको समाधान गरी कक्षा सञ्चालन गर्न पनि निर्देशन दिए। उनले शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए। 

त्यस्तै कलेजका प्रधानाचार्य रतिन्द्रनाथ श्रेष्ठले कलेजले चिकित्सा शिक्षा आयोगको ऐनअनुसार होस्टेलको व्यवस्था गरेको र अहिले आयोगले होस्टेल ऐच्छिक भन्न नमिल्ने बताए। उनँले करोडौँको लगानी गरेर होस्टेल निर्माण गरेपछि कलेजको शुल्कसहित महिनाको ६० हजार लिनु स्वभाविक भएको बताए।

प्रधानाचार्य श्रेष्ठले ६० हजार महिनाको एमबीबीएसको शुल्क तिर्न कन्जुस्याइं गरे यो स्थितीमा संस्था सञ्चालन गर्न नसकिने बताए।

यदुनाथ बने गुप्तचर प्रमुख

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। बुधवार बसेको मन्त्री परिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो। 

त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन, करिव १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले आर्थिक वर्ष २०७८, ७९ को लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने, नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने, र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ। 

प्रवक्ता कार्कीले मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने र राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको पनि बताए।

तरलता समस्याले कामै गर्न नसक्ने अवस्था 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन्। उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका हुन्। 

उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताए। विहिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकहरुमा २÷४ अर्ब पैसा भए पनि काँहा राखौं हुँदो रहेछ भने २÷४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताए। यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र सहज बनाउने गरेको बताएका छन्। 

त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए। उनले तरलता अभावको कारण बैंकमा पैसा छैन्,उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताए।

श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए। अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताएका छन्। 

४० अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ। बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ। 

आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। 

प्रधानमन्त्री कपको तालिका सार्वजनिक

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो। 

पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

समूह ’ए’ मा  त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन्। यस्तै समूह ’बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। उद्घाटन खेलमा साविक त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: Jan 06, 2022| 20:00 बिहीबार, पुस २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।