बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ५० लाख खर्चेर यस्तो बनाइयो कांग्रेस महाधिवेशन स्थल [फोटोफिचर]

५० लाख खर्चेर यस्तो बनाइयो कांग्रेस महाधिवेशन स्थल [फोटोफिचर]

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार देखि सुरू हुँदै छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ। 

National life

महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ। यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ। 

महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ। आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ। 

‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो। तर, आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ। अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ। थप हिसाब गर्नै पर्छ’, उनले भने। 

आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ। महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन्। 

Shivam cement


तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना


तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

तस्बिर : न्युज कारखाना

प्रकाशित: Dec 10, 2021| 10:35 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।