बुधबार, वैशाख १९, २०८१

के ब्रम्हाण्डमा मानिस एक्लै छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
लन्डन- मानिसले एलियनहरूसँग सम्पर्कमा आउन खोजको धेरै लामो समय बित्यो । वैज्ञानिकहरूको लामो समयको प्रयत्नका बावजुद अन्तरिक्षबाट कुनै प्रतिक्रिया आएको छैन। 

आखिर एलियनहरूले किन प्रतिक्रिया दिँदैनन् त ? उनीहरू कहाँ छन् ? यो प्रश्न सन् १९५० मा भौतिकशास्त्री एनरिक फर्मीले आफ्ना सहकर्मीलाई सोधेका थिए। त्यसपछि उनको अनुसन्धान शुरू भयो । ब्रम्हाण्डमा मानिसजस्तै धेरै बुद्धिमान सभ्यताहरू रहेको फर्मीको मान्यता थियो। ब्रम्हाण्डमा अर्को प्राणी रहेको तर यसको पर्याप्त जानकारी नभएका कारण यसलाई ‘फर्मी प्याराडक्स’ भनिन्छ।

‘सर्च फर एक्स्ट्रा टेरेस्टोरियल इन्टेलिजेन्स’ (एसईटीआई) संस्थाले यस विषयमा धेरै वर्षदेखि खोजी गरिरहेको छ। हाम्रै आकाशगंगामा पनि कम्तिमा एक अर्ब ताराहरू छन् । विरोधाभाषपूर्ण ‘फर्मी प्याराडक्स’बारे अक्सफोर्ड विश्वविद्यालयका तीन एकेडेमीले हालै एक पटक फेरि मूल्यांकन गरेका छन्। 

अध्ययनपछि वैज्ञानिकहरूले नयाँ नाम दिएका छन्, ‘डिजल्भिङ दी फर्मी प्याराडक्स’। अर्थात्, वैज्ञानिकहरू ब्रम्हाण्डमा मानिस मात्रै एक्लो जीवित बुद्धिमान प्राणी रहेको निष्कर्षको नजिक पुगिरहेका छन्। त्यसको अर्थ हो, एलियन्सको उपस्थिति लगभग असम्भव छ। 

उक्त अध्ययनमा सहभागी तीन विशेषज्ञहरूमध्येका हुन्, एन्डर्स स्यान्डबर्ग। उनी अक्सफोर्ड विश्वविद्यालयको ‘फ्युचर अफ हुमानिटी इन्स्टिच्युट’का शोधकर्ता हुन्। अर्का वैज्ञानिक हुन्, एरिक ड्रेक्स्लर । उनको ‘न्यानो टेक्नोलोजी’को अवधारणा लोकप्रिय छ। सोही एकेडेमीका दर्शनशास्त्रका प्राध्यापक टोड ओर्ड पनि उक्त अध्ययनमा जोडिएका थिए। 

उनीहरूले ‘फर्मी प्याराडक्स’ले दिएको गणितीय आधारको विश्लेषण गरेका छन्, जसलाई ‘ड्रेक समीकरण’ भनिन्छ। 

‘ड्रेक समीकरण’ पहिले पनि प्रयोग गर्ने गरिएको थियो । त्यसमार्फत् जीवनको उपस्थिति हुन सक्ने सम्भावित क्षेत्रहरूको सूची बनाइन्थ्यो। पछिल्लो अध्ययनले निष्कर्ष निकालेको छ, ३९ प्रतिशतदेखि ८५ प्रतिशत सम्भावना ब्रम्हाण्डमा मानिस मात्र एक्लो बुद्धिमान जीवित प्राणी हो। 

उनीहरूको शोधमा उल्लेख छ, ‘ब्रम्हाण्डमा कुनै अर्को बुद्धिमान सभ्यता नरहेको लगभग निश्चित छ। त्यस्तो कुनै संकेत प्राप्त नहुँदा हैरान हुनुपर्ने कुनै कारण छैन । र, हाम्रो निष्कर्ष छ, मानिस मात्र एक्लो बुद्धिमान जीवित प्राणी हो।’

तथापि, वैज्ञानिकहरूले ब्रम्हाण्डमा एलियनको खोजी जारी राख्नुपर्ने पनि सुझाएका छन् । ब्रम्हाण्ड या अर्को कुनै कुनामा जीवनको उपस्थिति हुन सक्ने अनुमानलाई उनीहरूले नकारेका छैनन्। 

यसमै सीमित नरही ब्रम्हाण्डमा एलियनको अध्ययन गर्नेुपर्ने उनीहरूले बताएका छन् । भविष्यमा एलियन भएमा या उनीहरूबाट प्रतिक्रिया आएमा वा पत्ता लागेमा पनि डराइहाल्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। 

वैज्ञानिक स्यान्डबर्ग भन्छन्, ‘खोजी गर्दै जाँदा कुनै समझदार एलियन सभ्यता फेला पर्‍यो भने पनि हैरान हुनुपर्ने कुनै कारण छैन।’तीन वैज्ञानिकको द्विविधाग्रस्त यस निष्कर्षबाट ‘फर्मी प्याराडक्स’को हल त्यति सहज नरहेको भने थाहा पाउन सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...