बिहीबार, असार ४, २०८३

१२ तस्बिरमा एमालेको बन्द सत्र

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

चितवन- नेकपा एमालेको दसौं महाधिवेशनको बन्दसत्र जारी छ। बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने बताइएको भए पनि करिब ६ घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। 

National life

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो। 

बन्दसत्रले केन्द्रीय समितिले गरेको निर्णय अनुमोदन गर्नेछ। गएरातिको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्य थप्ने निर्णय गरेको थियो।

ओली अध्यक्षमा पुनः दोहोरिन चाहन्छन्। निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहनमा भीम रावल भने चुनौती बनिदिएका छन्। तर रावलले अध्यक्ष ओलीले आफूलाई सहमतिमा आउन आग्रह नगरेको बताएका थिए। 

बन्दसत्रमा विभिन्न देशबाट आएका विदेशी दलका नेताहरूले समेत एमाले महाधिवेशन सफलताको सुभकामना दिएका थिए। 

Shivam cement

भारतीय कम्युनिस्ट पार्टीका नेता जोगेन्द्र शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई हिन्दू राज्य बनाउन लागिपरेको बताएका थिए।  


प्रकाशित: Nov 27, 2021| 16:44 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।