बुधबार, वैशाख १९, २०८१

मोबाइल बचाउन आयो एयर ब्याग (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–राम्रो मोबाइल बोक्ने सबैको रहर हुन्छ । तर, जोगाउन धौधौ पर्छ । खल्तीबाट झर्नेमात्र होइन । चलाउँदाचलाउँदै पनि हातबाट चिप्लिएर झर्न सकछ । मोबाइल भूइमा खस्दा आउने 'झर्‍याम्म' आवाजले हामीमा कम्पन ल्याउँछ । 

मनमा अनेक कुरा खेल्छन्, डिस्प्ले गयो कि, स्क्रिन फुट्यो कि अब काम नलाग्ने हो कि भन्ने अनेकन तर्कना हाम्रो मानसपटलमा दौडिन्छन् । 

यस्तै समस्यामा रहेका जर्मनका एक व्यक्तिले सबैलाई उपयोगी हुने सामग्री बनाए । इन्जिनियरिङगका विद्यार्थी फिलिप फ्रेन्लिनलाई आईफोन चलाउँदा चलाउँदै गर्दा उनको हातबाट चिप्लियो । उनले बोकेको आइफोन नराम्ररी बिग्रियो । उनले स्किन बनाए पनि मोबाइल बन्न सकेन । 

फिट गरे तर, उक्त फोन बन्न सकेन । अनि उनको दिमागमा मोबाइल एयर ब्यागको उपाय फुर्र्‍यो । 

भिडियो हेर्नुहोस्

के हो मोबाइल एयर ब्याग ?

मोबाइल एयर ब्याग एक यस्तो उपकरण हो जसले हाम्रो मोबाइल खस्दा टेको टेकाए जस्तै चारै कुनाबाट सिङ निस्कन्छ । 'एक्टिभ ड्याम्पिङग' नामको यस केसलाई 'एडी केस' पनि भनिन्छ ।

यसमा, 'फ्रि फल सेन्सर' चिप्स हुन्छ जसले मोबाइल चिप्लेर खस्न लागेको सेन्सरले थाहा पाउँछ । मोबाइल भूईमा खस्नु अघि नै यसले मोबाइललाई टेको लगाएर बचाउँछ । 

फ्रेनजेललाई यसको लागि जर्मन सोसाइटी फर मेचाट्रनिक्सको उपाधि फिलिप फ्रेन्जेलले दिइएको थियो । 

अब भने फिलिप उनको यस अन्वेशनलाई विजनेसमा परिणत गर्ने तरखरमा छन् । उनको यस नयाँ आविष्कारले अन्य उपाधिको दावी गर्ने मानिएको छ । अहिलेसम्म मूल्य नतोकिएको भए पनि जुलाई भित्र यो एडी केस सर्वसाधारणको माझमा आउने अनुमान छ । 

एडी केसको अफिसियल वेवसाइट पनि तयार भसकेको छ । यस केस हालको लागि भने आईफोन सिक्स र सिक्स प्लसदेखि अहिलेसम्म सार्वजनिक भएका नयाँ मोडलमा मात्र हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...