मंगलबार, वैशाख २९, २०८३

दसैंमा भक्कानिँदै देश छाड्नेहरूको लर्को [भिडियोसहित]

हरेक दिन एक हजारदेखि बाह्र सयसम्मको हाराहारीमा युवा विदेश जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
 |  मंगलबार, असोज २६, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, असोज २६, २०७८

काठमाडौं- नेपालीको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसकेको छ। धेरै मानिस दसैँ मनाउन आफ्नो थातथलो फर्किंदैछन्। मुलुकको संघीय राजधानी काठमाडौंबाट दैनिक ६० हजारभन्दा धेरै गाउँ फर्किरहेका छन्। बसपार्क र विमानस्थलमा घर फर्किनेहरुको लर्को छ। 

National life

अर्कोतर्फ देश छाड्नेहरुको लाइन छ, वैदेशिक रोजगारीमा जानेहरुको। अधिकांश व्यक्तिहरु दसैँ मनाउन घर फर्किरहँदा उनीहरु मन अमिलो बनाएर पसिना बेच्न अरुको देश जान जहाज चढिरहेका छन्।

‘हामीलाई पनि दसैँ घरपरिवारसँगै बसेर खुसी साट्दै मान्न मन थियो। तर के गर्नु अभाव र गरिबीले दसैँ दशा बनेर आउँदो रहेछ। अनि परदेश नगए के गर्नु?’ सुनसरी इनरुवाका राजेन्द्रप्रसाद यादवले आफू परदेशिनु बाध्यता सुनाउँदै भने।

३९ वर्षीय उनी साउदी जाने तरखरमा थिए। विमानस्थलमा हामीले भेट्दा कोरोना रिपोर्ट बुझाउने लामो लाइनमा असिनपसिन भएर उभिरहेका थिए। दसैँको मुखमा परदेशिनुको पीडा बादल मडारिएको आकाशजस्तो धुम्म उनको अनुहारले प्रष्ट बोलिरहेको थियो। उनी यसअघि वैदेशिक रोजगारीका लागि तीन वर्ष कतार बसेर आएका रहेछन्। ‘पहिला कमाएको पैसाले अलि अलि ऋण तिरें। घर बनाउँदा फेरि ऋण लागेको छ। छोराछोरीलाई भर्ना गर्न गाह्रो भएको छ। अब साउदी गएर छोराछोरी पढ्ने र घर बनाएको ऋण तिर्ने पैसा कमाउन पाए पुग्थ्यो,’ उनले भने।

‘स्वदेशमा रोजगारी भएको भए दसैँको मुखमा किन यसरी अरुको देश गइन्थ्यो होला र?

परदेशिनेको लाइनमा आइतबार नुवाकोटका २१ वर्षीय सुदीप पण्डित पनि भेटिए। उनी पहिलो पटक बैदेशिक रोजगारीमा जान लागेका रहेछन्। आमा बाबुको साथ नछाडेका पण्डित दसैको मुखमा देश छाडेर परदेशिनु पर्दा आँसु थाम्न सकिरहेका थिएनन्। ‘स्वदेशमा रोजगारी भएको भए दसैँको मुखमा किन यसरी अरुको देश गइन्थ्यो होला र? उनले भने।’ ‘नेपालमा युवालाई टिकाउने, उनीहरुको श्रम, सीप र ज्ञानको उपयोग गर्ने नेतृत्व नै भएन। कुर्सीकै लागि सधैँ झगडा चलिरहन्छ। अनि हामीजस्ता युवा आफू पािलन र परिवार पाल्न विदेशन नगए कहाँ जानु ?’

राजेन्द्रप्रसाद यादव र सुदीप पण्डितमात्रै होइन घटस्थापना यता ७ हजारभन्दा धेरै युवाहरु श्रम बेच्च परदेश गएका छन्। हरेक दिन एक हजारदेखि बाह्र सयसम्मको हाराहारीमा युवाहरु विदेशीरहको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।

बैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार चालु आर्थिक वर्षको पहिलो दिन अर्थात साउन १ गतेदेखि असोज २४ गते सम्म ९६ हजारभन्दा धेरैले रोजगारीका लागि देश छाडेका छन्। असोज १ गतेदेखि असोज १७गते सम्मको अवधिमा रोजगारीका लागि विदेश जान २१ हजार ७ सय ७४ जनाले श्रम स्वीकृत लिएका छन्। जसमा २० हजार  २ सय ७३ पुरुष र  १ हजार ४ सय ८१ महिला रहेका छन्। संस्थागत १५ हजार ४ सय ३१ जना, नयाँमा ७०९ जना, व्यक्तिगत ३ सय ७१ जना, ५ हजार २ सय ६३ पुनःश्रमस्वीकृत लिएका छन्।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृत लिएका छन्। वैदेशिक रोजगार कार्यालय तहाचालका अनुसार २४ हजार २ सय पुरुष र १ हजार ८ सय ३८ महिला गरी जम्म २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृत लिएका हुन। संस्थागत १२ हजार २ सय ७२ जना, नयाँ श्रमस्वीकृत ९ सय २८ जना,  व्यक्तिगत  ६०० सय जना , असाज ११  हजार ६ सय २८ जनाले पुनः श्रम स्वीकृत लिएका छन्।

भदौमा झन् विदेश जान श्रम स्वीकृत लिनेको संख्या बढेर ३६ हजारभन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार  कार्यालय ताहाचालका अनुसार १८ सय २२ जना महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन्।

महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक छन्। नेपालबाट करिब ७५ प्रतिशत अदक्ष, २४ पतिशत अर्धदक्ष र एक प्रतिशत दक्ष नागरिक रोजागरीका लागि विदेशिने गरेका छन्। अधिकांश नेपाली श्रमिकको गन्तब्य कतार, यूएइ, साउदी अरेबिया, मलेसिया, कुबेतलगायतका खाडी मुलुक हुन्। जहाँ ५० लाखभन्दा धेरै नेपालीले आफ्नो पसिना बेचिरहेका छन्।

प्रकाशित: Oct 12, 2021| 07:00 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।