सोमबार, असार २९, २०८३

मान्छे बचाउने गोही, जसको सम्बन्ध परिवारका सदस्य जस्तै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गोही एक शक्तिशाली र खतरनाक जनावर हो । हामीले सुन्ने तथा टेलिभिजनहरुमा देख्ने गरेको गोहीले मानिस तथा अन्य जनावरलाई आक्रमण गरी सिकार बनाइरहेको हुन्छ । तर, अफ्रिकामा यस्तो गाउँ छ । जहाँका मानिसका लागि गोही सहयोगी बनेको छ भने स्थानीयबासीले गोहीलाई परिवारकै सदस्यका रुपमा राखेका छन् । 

यो हिजोआजको मात्रै सम्बन्ध होइन ६ सय वर्ष अघि स्थापित सम्बन्ध अझै कायम छ । गोहीको आँसु देखेर दुःखी नहुनु किनकी आँसु देखाउने गोहीले नै आक्रमण गर्छ भन्ने पूरानो युक्तिलाई पनि गलत सावित गर्दै पश्चिम अफ्रिकाको बुर्किना फासोका स्थानीयबासीले गोहीसँग मित्रवत साइनो गाँसेको ६ सय वर्ष नाघेको छ । 

त्यहाँका गोहीहरु मान्छेसँग खुल्ला रुपमा हिँड्नुका साथै सँगै पोखरीमा पौडी खेल्ने पनि गर्दछन् । यसरी मान्छेसँग रत्तिएर बस्ने गोहीको संख्या एक सय बढी छ । 

मान्छेलाई जीवन दिने गोही

१४ औं शताब्दि अगाडी 'बाजउले' नाम गरेको वस्तीमा खडेरी पर्‍यो । जसका कारण धेरै मानिसले ज्यान गुमाए । तर, पानी नपाएर ज्यान गुमाउन लागेकी एक महिलालाई गोहीको समूहले एक पोखरीमा पुर्‍यायो र जीवन दियो । 

जुन पोखरीका विषयमा स्थानीयबासी बेखबर थिए । अहिले त्यो गाउँको खानेपानीको मुख्य स्रोत नै त्यही पोखरी हो । त्यहाँको पानी अहिलेसम्म सुकेको छैन । 
गोहीले मानिसलाई बचाउनुका साथै गाउँलेलाई पोखरी देखाइदिएको खुसियालीमा गोही गाउँलेको अभिन्न मित्र बनेका छन् । 

स्थानीयबासी गोहीसँग खेल्नुका साथै उनीहरुको रेखदेख र खानाको व्यवस्था गर्दै आएका छन् । 

गोही नै पूर्वज 

बुर्किना फासो र अफ्रिकाको घानाको सीमामा 'पागा' नाम गरेको बस्तीका मानिसले गोहीलाई आफ्नो पूर्वज मान्ने गरेका छन् । पितृका रुपमा गोहीलाई स्थानीयले अदर गर्नुका साथै सँगै बस्ने र खाने गरेका छन् । त्यहाँका धेरै गोहीको उमेर ८० वर्ष माथि छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।