बुधबार, वैशाख १९, २०८१

कुन-कुन हुन् विश्वका उत्कृष्ट १० बुद्धिमानी र फुर्तिला रोबर्ट ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१) सोफिया 


हङकङको ‘हनसन रोबोटिक्स’ ले अप्रिल १९, २०१५ मा बनाएको सोफिया रोबर्ट जो विश्वभर लाकप्रिय छ । अन्तरक्रियात्मक रोवर्ट भएकाले सोफियालाई विश्वकै शक्तिशाली रोबर्ट मानिन्छ । अनुहारमा ६२ प्रकारको अभिव्यक्ति र मानिससँग वार्ता गर्ने, कुनैपनि प्रश्नको उत्तर दिनसक्ने, हाँस्ने र रमाइलो गर्ने क्षमता उनमा छ । 
अक्टोबर २०१७ मा साउदी अरेबिया सरकारले आम नागरिकसरह सोफियालाई आफ्नोे देशका नागरिकताको दिएको हो । नागरिकता पाउने उनी पहिलो ‘ह्युमनोइड रोबर्ट’ हुन । आजसम्मकै दुँनियाको शक्तिशाली र चलाख रोबर्टको रुपमा  सोफिया चर्चित छिन् । 

२) असिमो 


सन् २००० मा ‘होन्डा’ ले असिमो ‘‘ह्युमनोइड रोबर्ट’ (एडभान्ष्ड स्टेप इन इन्नोभेटिभ मोबिलिटि) बनाएको  हो । असिमो ४ फिट उचाई, ५४ केजी र जापनीज, चाइनीज र अंगे्रजी गरी ३ भाषामा कुरा गर्न सक्छ । हाल यसलाई जापानको राजधानी टोकियोस्थित मिराइकन म्युजियममा राखिएको छ ।

यो पहिलो शक्तिशाली रोबर्ट हो जसले मानवको आदेशको छिटो पालना गर्दछ । हामी हलिउड फिल्ममा धेरै किसिमको ‘ह्युमनोइड रोबर्ट’ देख्छौं जसको उदाहरण असिमो रोबर्ट हो । जापनीज सरकारले असिमोको लागि धेरै खर्च गरेका छ । उनको लक्ष्य भनेको असिमोलाई ‘सरकारको मूल्य र कर व्यवसायमा’ लगाउने रहेको छ । सन् २०२० सम्म सायद जापान सरकारको उद्देश्य पुरा हुने अनुमान छ ।

३) रोलिङ बोट 

‘एल जी कम्पनी’ ले बनाएको रोलिङ बोट रोबर्टले घरको सुरक्षा गर्ने काम गर्दछ । उदाहरणको लागि हामीले हलिहुड फिल्म ‘स्टार र्वास’ मा ‘रोबो बिबि ८’ देख्न सक्छौं जुन रोलिङ बोटसँग मिल्दोजुल्दो छ । अरु रोबर्ट भन्दा फरक र सानो यो रोबर्ट हामी सजिलै घरमा प्रयोग गर्नसक्छौं ।

४) पिपर

‘एल्डरबान रोबोटिक्स’ ले ५ जुन, २०१४ मा बनाएको पिपरलाई ‘ह्याप्पी रोबर्ट’ को नामले चिनिन्छ । मानिसलाई खुशी बनाउन देखि उनको अनुहारको हाउभाउ सजिलै पढ्नसक्छ । तर प्रविधिको विकास सँगै पिपरलाई मानिसहरुले पुरानो ‘हुमनोइड रोबोट’ मान्छन भने यसलाई बनाउने कम्पनी अझै पनि पिपरलाई ‘एडभान्सड रोबर्ट’ नै मान्छन् । र यसको मुल्य २००० युरो छ ।

५) स्पट

‘गुगल कम्पनी’ ले बनाएको स्पट रोबर्टलाई पशु रोबर्ट र टग रोबर्ट नामले चिनिन्छ । ४ खुट्टामा चल्ने स्पट रोबर्टलाई घरभित्र र बाहिर जुनसुकै काम पनि लगाउन सकिन्छ । जस्तोसुकै असमान सतहमा पनि स्पट रोबर्टले आफ्नो बाटो बनाउन सक्छ । तर आजसम्म स्पट रोबर्टलाई अरु जनावरसँग राख्न सकिन्छ कि सकिन्न भन्ने विषयमा टुङ्गो लागेको छैन् ।

६) डेका रोबर्ट

‘अमेरिकन कम्पनी’ ले बनाएको डेका रोबर्टलाई विज्ञान र रोबोटिक्स क्षेत्रमा एक बलियो उदाहरण मानिन्छ किनकि यो रोबर्टले मानिसलाई बाँच्ने उत्साह र उमङ्ग प्रदान गर्दछ । कसैको हात, खुट्टा छैन भने उनलाई डेका रोबर्ट वा हात खुट्टा दिइन्छ । डेका रोबर्टको प्रयोगले हात खुट्टा नभएको व्यक्तिलाई महसुस नै हुँदैन कि उनको हात या खुट्टा छैन् ।

७) रोबर्ट स्नेक


रोबर्ट स्नेक आधुनिक किसिमको रोबर्ट हो । यसलाई ‘इलुम’ नामले चिनिन्छ । रोबर्ट स्नेकमा समुन्द«को गहिराइमा पुग्ने क्षमता हुन्छ जँहा भारी वस्तु र मानिसहरु पुग्न सक्दैनन् ।
‘नर्वेगन रिर्सच सेन्टर’ ले बनाएको स्नेक रोबर्ट जहाज मर्मत वा समुन्द«ी सतहभित्र प्रयोग गर्न सकिन्छ । कुनै पनि यान्त्रिक काम यो रोवोटले पानीभित्र सजिलै गर्नसक्छ ।

८) स्पाइडर रोबर्ट


‘रियल स्पाइडर’ जस्तो देखिने यो रोबर्ट परिवर्तनशील छ । यो रोबर्ट विशेष गरी व्यक्तिलाई पछ्याउन प्रयोग गरिन्छ र यति तिव्र गतिमा दौडिन्छ कि मनिसलाई यसले थकाउँछ ।

९) कङगारो रोबर्ट


‘फेस्टो’  ले बनाएको ७ केजी वजन रहेको कङगारो रोवोट हरेक पटक हाम फाल्दा आफ्नो शक्ति वढाउने गर्दछ । एक पटकमा यसले ८० सेन्टीमिट्रसम्म र ४० सेन्टीमिट्र उचाई हाम फाल्ने क्षमता रोबर्टमा छ ।

१०) वटरफ्लाई रोबर्ट

वास्तविक देखिने वटरफ्लाई रोबर्टको वजन ३२ ग्राम र यसमा चार्जेवल ब्याट्रिको प्रयोग गरिएको हुन्छ । १५ मिनेट चार्ज भएपछि कमसेकम ४ घण्टासम्म यो निरन्तर उड्न सक्छ ।
कुनै पनि ठाँउको विस्तृत जानकारी लिन वटरफ्लाई रोबर्टको प्रयोग गरिन्छ । सो ठाँउको सम्पुर्ण जानकारी बटुल्ने क्षमता यो रोबर्टमा हुन्छ । हालसम्मको सबैभन्दा सानो र कम वजन भएको रोबर्टको रुपमा वटरफ्लाई रोबर्टलाई चिनिन्छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...