शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • मोबाइलको आइएमइआई दर्ता प्रक्रियामा अवराेध, चलिरहेका मोबाइल दर्ता गर्नुपर्दैन

मोबाइलको आइएमइआई दर्ता प्रक्रियामा अवराेध, चलिरहेका मोबाइल दर्ता गर्नुपर्दैन

गैरकानुनी मोबाइलको आयात रोक्न भन्दै कार्यान्वयनमा ल्याउन खोजेको आइएमइआई दर्ता प्रक्रियामा अवरोध आएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- गैरकानुनी मोबाइलको आयात रोक्न भन्दै कार्यान्वयनमा ल्याउन खोजेको आइएमइआई दर्ता प्रक्रियामा अवरोध आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई दर्ता गर्नेको संख्या बढेपछि प्रक्रियामा अवरोध आएको जानकारी गराएको हो। 

triton college

‘धेरै मोबाइलका ग्राहकहरुलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमइआई दर्ता गुर्नपर्ने हो कि भन्ने भ्रम तथा अन्योल उत्पन्न भई यस प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको तथा प्राधिकरणको वेबसाइटमा उपलब्ध लिंकमा दर्ता गर्ने क्रम पनि अत्यधिक भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र प्राधिकरण उक्त प्रणाली शीघ्र सुचारु गर्न प्रयासरत रहेको तथा उक्त प्रणाली सुचारु हुन केही समय लाग्ने’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्राधिकरणले हालसम्म सञ्चालनमा रहेका मोबाइल फोन उक्त प्रणालीमा दर्ता गर्न आवश्यक नरहेकोसमेत सूचनमा उल्लेख गरेको छ। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिलेसम्म प्रयोगमा आइसकेका मोबाइल फोनमा दर्ता नगरेमा समेत सञ्चालनमा कुनै अवरोध नआउने भन्दै प्रयोगमा आइसकेका मोबाइल दर्ता अनिवार्य नरहेको बताए।

‘अहिलेसम्म चलेको मोबाइल केही हुँदैन’ प्रवक्ता पौडेलले भने, ‘आगामी साउन १ गतेदेखि ल्याइने मोबाइल अनिवार्य दर्ता गुर्नपर्छ। व्यवसायीले ल्याएको मोबाइल व्यवसायी आफैले दर्ता गर्छ। व्यक्तिगत ल्याइएको मोबाइलसमेत व्यक्तिगत रुपमा दर्ता गर्न पाइनेछ।’

प्राधिकरणको वेबसाइटमा इएमइआई रजिष्ट्रेसनमा गई मोबाइल दर्ता गर्न सकिने छ। यसो गर्दा अवैध रुपमा मोबाइल आयात रोकिने र मुलुकको राजस्वमा समेत साकारात्मक असर पर्ने प्राधिकरणले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jul 08, 2021| 08:53 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...