शुक्रबार, असोज ३१, २०८२

सामाजिक सुरक्षा कोषमा अब 'खल्ती'बाट सिधै भुक्तानी

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच खल्तीबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि यो सेवा कार्यान्वयनमा आएको हो। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्ध संगठित संस्थाहरूले अब खल्ती डिजिटल वालेटमार्फत् सिधै रकम जम्मा गर्न सक्ने भएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै खल्तीबाट सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्न सकिने जानकारी दिएको हो। 

Kumaribank

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच खल्तीबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि यो सेवा कार्यान्वयनमा आएको हो। 

सामाजिक सुरक्षा कोषमा सरकारी र निजी कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्तीवालेट बाट भुक्तानी  गर्न सक्नेछन्। उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ। नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दाबी गरेमा श्रमिक कार्यरत संस्थालाई निश्चित रकम जरिवाना लाग्नेछ। 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँगको सहकार्यले ७७ जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा  मिलेको बताए। 

'खल्तीले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ,' खल्तीका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने। 

Metro Mart

'खल्ती'बाट ६० भन्दा बढि बैंकहरुमा  पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। 
 

प्रकाशित: Jun 06, 2021| 13:36 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...